Trending
Prev Story
Next Story

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द, सेवाग्राही समस्यामा

Nagarik News •
October 29, 2026 • 03:25 AM
1
1 reads 0 reactions

उनले भने, 'मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।'

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द, सेवाग्राही समस्यामा

जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन्।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको  सेवामा रोक लगाएपछि लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो। परीक्षा रोकिँदा पुनःसीप परीक्षा (रि–ट्रायल) दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ।

यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन्। उनका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुनःठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो। मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उनले जानकारी दिए। उनले भने, 'मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।'

अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन। यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एक पटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे। रासस

प्रकाशित: १२ कार्तिक २०८३ ०९:१० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्‍याउनसमेत कठिनाइ हुने ...

#समस्या
Compare →
Ekantipur
1w ago
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त मापदण्ड स्वीकृत गरेको हो ।

#समस्या
Compare →
Onlinekhabar
1w ago
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सहभागीहरूका गुनासा तथा सुझाव …

#समस्या
Compare →
Bizshala
19h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →

Related Stories

Technology
Build #2611