Trending
Prev Story
Next Story

मनास्लुको स्याउ गोदाममै थन्कियो

Nagarik News •
October 29, 2026 • 03:08 AM
1
1 reads 0 reactions

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्।

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्। ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे।

गत असोस २५ गते चुमनुब्री गाउँपालिका-६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ। जसका कारण आवतजावतमा समस्या भएको हो। बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ। चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउँछन्। उनी भन्छन्, 'गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन। झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन।'

लामाले चुमनुब्री गाउँपालिका-४ नाम्रुङस्थित दुई हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गरेका छन्। इन गोरखा प्रोडक्ट प्रालि नामक उनको स्याउ फर्ममा यस वर्ष एकलाख केजी स्याउ उत्पादन भएको उनी बताउँछन्।

गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ।

'फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ। गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो। अहिले बिग्रन थालिसके', उनले भने, 'भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन। त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन।' यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेरजाने अवस्था रहेको उनले गुनासो गरे।

मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो। तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ। नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पुर्‍याउन करिब एकहप्ता लाग्छ। यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ। साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन्।

हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानलार्इ। 'आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो। बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन। हामी साह्रै मर्कामा छौँ', व्यवसायी लाक्पा डुन्डुप भन्छन्।

सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउलगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन। बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन्। धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउनेबाहेक अरु उपाय छैन। रासस

प्रकाशित: १२ कार्तिक २०८३ ०८:५३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

मुस्ताङमा कात्तिक महिनाको तेस्रो सातासम्म मुस्ताङमा उत्पादित कुल स्याउको ७२ प्रतिशत स्याउ बजारमा निकासी भएको छ । दसैँसम्म ३५ प्रतिशत मात्रै स्याउ निकासी भएको थियो । असोज महिनामा बाढीपहिरो र नदी कटा...

#स्याउ
Compare →
Onlinekhabar
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय …

#स्याउ
Compare →

Related Stories

Business & Economy
Build #2611