Trending
Prev Story
Next Story

पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ …

पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ११ जनालाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मा...

#धनकुटा #जुवातास #खेले
Compare →
Ekantipur
5d ago
धनकुटाको पाख्रीबासबाट १५ जना जुवाडे पक्राउ

धनकुटाको पाख्रीबासबाट १५ जना जुवाडे पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २ लाख ९६ हजार ८ सय र जुवा खेलिरहेको स्थानबाट १६ हजार ५ सय रुपैयाँ भेटिएको छ।

#धनकुटा #पाख्रीबास #परे
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#जुवातास #परे
Compare →
Nagarik News
4d ago
जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

#जुवातास #परे
Compare →

Related Stories

National (Nepal)
Build #2611