Trending
Prev Story
Next Story

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

Nagarik News •
October 20, 2026 • 06:02 AM
1
1 reads 0 reactions

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिनै २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभाबित बनाउदै आएको छ। मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन्।

स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको सवारी चालक रवीन पुनले बताए।

'साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ,' उनले भने, 'जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ।' यसअघि बर्खायाममा खस्ने फापरखेतमा पछिल्लोपटक शनिबारदेखि निरन्तर सुख्खा पहिरो खसिरहेको छ। पहिरोका कारण दसैँ मनाउन जन्मथलो जानेहरूलाई सास्ती भएको छ।

जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जा–सातबिसे हुँदै बाबियाचौर जोड्ने वैकल्पिक सडक मर्मत गरेर जिप, मिनिबस, ट्याक्टर, मोटरसाइकल र स्कुटर चल्न सकने बनाइएको वडा सदस्य हरि गिरीले बताए। घुमाउरो र एकतर्फी सडकमा यात्रा गर्न सर्वसाधारणलाई असहज भएको छ। कच्ची र साँघुरो सडकमा यात्रा गर्न जोखिम छ।

म्याग्दी नदीमा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रशारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरुमा पनि पहिरोका कारण असर परेको छ। सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ। यसपाली नयाँ ठाउँमा जमिन चिरा चिरा परेर सुक्खा पहिरो खस्न थालेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ।

पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी सडक पुल निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए।

'फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको रु एक करोड बजेट प्राबिधिक समस्या देखिएपछि कार्यान्वयन हुन सकेन्,' उनले भने, 'यसपालि रु १० करोड लगानीमा पक्की सडक पुल बनाउने लक्ष्यसहित प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको योजना कार्यान्वयनको प्रक्रियामा छ।'

तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायातव्यवस्था मन्त्रीसमेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण कार्यान्वयन भएको छैन। पहिरो नियन्त्रण तत्काल सम्भव नभएको अवस्थामा वैकल्पिक सडक र पहिरोको विकल्पमा यातायात सञ्चालनको डाइभर्सन बनाउनुपर्ने हुनसक्ने जुग्जालीको भनाइ छ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले भने चालु आर्थिक वर्षभित्र नै फापरखेतको पहिरो नियन्त्रण गरिने घोषणा गरेका छन्।

केही दिनअघि म्याग्दीको विपद् प्रभावित क्षेत्रको निरीक्षणमा आएका मन्त्री पुनले सरोकारवालासँगको छलफलका क्रममा सङ्घीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड बजेटबाट एक वर्षभित्र फापरखेत पहिरो नियन्त्रण गर्ने घोषणा दोहोर्‍याएका थिए। रासस

प्रकाशित: ३ कार्तिक २०८३ ११:४७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ प्रभावित हुने भएको छ। आफूलाई गैरकानुन...

#प्रभावित
Compare →
Bizshala
12h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →
Onlinekhabar
19h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#पहिरो
Compare →
Ekantipur
1d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

#पहिरो
Compare →

Related Stories

Technology
Build #2611