Trending
Prev Story
Next Story

विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

Nagarik News •
October 29, 2026 • 02:37 AM
1
1 reads 0 reactions

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन्। पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिए।

'तीन वटा टोलको फरकफरक समूह बनाएर क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणको काम भइरहेको छ', उनले भने, “यसै हप्तादेखि विद्युत् सेवा सञ्चालन भएको छ। घारदेखि पाउद्वार र पाउद्वारदेखि पर्यटकीयस्थल खोपारा जाने पदमार्ग सञ्चालन भइसकेको छ।'

पछिल्लो केही दिनयता खानेपानी आपूर्ति सहज बनाउनका लागि श्रमदान चलिरहेको छ। हेलिकप्टरबाट ट्रान्सफर्मर लगेर विद्युत् आपूर्ति सञ्चालन गरिएको हो। पाउद्वारका बासिन्दा हरि तिलिजाले सरकारी निकायको सहयोगको आश गर्दा ढिलाइ र दुःख हुने भएकाले सम्भव भएका काम श्रमदानबाट गरिएको बताए।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्वार, घिरबाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षत्विक्षत बनाएको छ। सडकमा पैदल हिँड्नसमेत कठिन छ। खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन। खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएकाले पदमार्ग मर्मतमा जुटेको स्थानीयवासी जसे पुनले बताए। दुई सयभन्दा बढी घर रहेको पाउद्वारका चार वटा टोलमा यसअघि १७० घरपरिवारको बसोबास थियो। विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीको घरमा सरेका छन्।

गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन्। आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको छ। पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन्।

प्रकाशित: १२ कार्तिक २०८३ ०८:२२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
‘भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ’

‘भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ’

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुन:स्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधवार नेपालको भ्रमणका क्रमम...

#क्षतिग्रस्त #पुनर्निर्माण #संरचना
Compare →
Ekantipur
1w ago
भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ :  विदेश सचिव मिस्री

भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ :  विदेश सचिव मिस्री

नेपाल भ्रमणमा रहेका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा भोटेकोशी बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।

#पुनर्निर्माण #क्षतिग्रस्त #संरचना
Compare →
Onlinekhabar
1w ago
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

२० कात्तिक, काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ । यो जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका हुन् । शुत्रबार सिंहदरबारमा बसेको …

#पुनर्निर्माण #विपद्
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

काठमाण्डौ । सरकारले हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप...

#पुनर्निर्माण
Compare →

Related Stories

Technology
Build #2611