काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुका ५ बजे बजे सुरु हुनेछ । अघिल्ला संस्करणका नतिजा र यस सिजनको सुरुवाती प्रदर्शन हेर्दा दुवै खेलमा टोलीहरूले आफ्नो लय सुधार्ने प्रयास गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )