Trending
Prev Story
Next Story

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न …

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ

१२ कात्तिक, बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ ।

धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताए ।

‘विगतमा पनि असोज र कात्तिक महिनामा बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नु परेकाले अहिले सजक भएर बेलैमा धान भित्र्याउन लागि परेका छौँ,’ उनले भने, ‘पानी पर्ने सूचनाले अहिले बिहानदेखि रातिसम्म खेतमै धानबाली स्याहार्न हामीलाई भ्याइनभ्याई छ ।’

चाडबाडको मौसम भएकाले खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टर जस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतार–हतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उनको भनाइ छ ।

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा पहेँलपुर झुलेको छ । अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने भएकोले किसानलाई अहिले सबै काम छोडेर धान भित्र्याउन भ्याइनभ्याई भएको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले बताए ।

विगतका वर्षहरूमा प्रायः दसैं सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैं केही ढिलो परेकाले धान पाक्ने र दसैं मनाउने समय एकैपटक जुध्न पुगेको छ । यसले गर्दा गाउँघरमा खेतबारीको कामको हतारो भएको केसीले बताए ।

“आकाशमा थोरै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ । मेहनतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिना वा पानीले नोक्सान पु¥याउन सक्छ”, केसीले भन्नुभयो, “बाँकेका किसान यतिबेला चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन् ।”

कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहर्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताए ।

बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाई हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

वर्षाको त्रासले किसानलाई धान भित्र्याउने चटारो

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम बदली भइ वर्षा हुने चेतावनी दिएपछि दाङका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ । बेमौसमी वर्षाले धान भिजाउने र कुहाउने डरले किसान थप श्रमिक खोजेर तथा सामूहिक रूपमा बाली भित्र्याउन जुटेका हुन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ७ वेत्रावतीका साउने चौधरीले वर्षाले धान भिजाउला भन्ने त्रासका कारण बाहिरबाट चार जना खेताला मगाएर धान भित्र्याउनु भयो ।

‘पहिले परिवारका सदस्यले मात्रै भित्र्याउँथ्यौँ,’ उनले भने, ‘यस वर्ष वर्षा हुने भनेपछि बुधबार नै भित्र्यायौँ ।’

त्यस्तै, सोही स्थानका किसान टोपकुमारी पोखरेलले पनि वर्षाको डरले छिटो–छिटो धान भित्र्याउनुभयो । गत वर्ष यस्तै मौसमका कारण धान कुहिएर पुनः सुकाउनु परेको स्मरण गर्दै उनले यसपालि छिट्टै भित्र्याएको बताउनुभयो ।

‘गत वर्ष पानीले धान कुहिएको थियो,’ उनले भने, ‘यस पटक नाति–नातिनी, बुहारी, इष्टमित्र र गाउँले गरी १५–१६ जनाको सहयोगमा धान काटेर भित्र्यायौँ ।’

उनीहरू मात्रै होइन, बुधबार दाङका किसानलाई धान भित्र्याउने चटारो थियो । खेतमा धान पाकिसकेको छ । आजदेखि वर्षा हुने पूर्वानुमान सार्वजनिक भए पनि बुधबार नै जसरी पनि धान भित्र्याउने दबाबमा किसान थिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
11h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →
Hamro Patro News
11h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शु...

#कात्तिक #पर्ने
Compare →

Related Stories

Technology
Build #2612