Trending
Prev Story
Next Story

विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलटलाई यूएईको प्रतिष्ठित सम्मान

Nagarik News •
October 28, 2026 • 03:57 PM
1
1 reads 0 reactions

संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।

विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलटलाई यूएईको प्रतिष्ठित सम्मान

संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।

दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमले मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ सम्मान प्रदान गरेका हुन्। यो यूएईका प्रतिष्ठित राष्ट्रिय सम्मानमध्ये एक हो।

अबुधाबीमा आयोजित विशेष कार्यक्रममा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले पनि क्याप्टेन मच्छरलाई भेटेर उनको साहसको प्रशंसा गरेका थिए।

गत सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा अप्रिय घटना भएको थियो। विमानका सहपाइलटले ककपिटभित्रै भारतीय क्याप्टेन मच्छरमाथि धारिलो हतियारले आक्रमण गर्दा उनी घाइते भएका थिए।

आक्रमणबाट घाइते भए पनि मच्छरले विमानको नियन्त्रण कायम राख्दै सम्भावित दुर्घटना हुनबाट जोगाएको जनाइएको छ। उनको साहस र जिम्मेवारीपूर्ण कार्यको कदर गर्दै यूएईले सम्मान प्रदान गरेको हो।

प्रकाशित: ११ कार्तिक २०८३ २१:४२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#यूएई #दुबई
Compare →
Onlinekhabar
10h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#यूएई
Compare →
Hamro Patro News
11h ago
क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष निर्णय! शनिबार राष्ट्रिय टोलीका सबै खेलाडी ७ नम्बरको जर्सीमा मैदान उत्रिने।

क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष निर्णय! शनिबार राष्ट्रिय टोलीका सबै खेलाडी ७ नम्बरको जर्सीमा मैदान उत्रिने।

फुटबलका महान् हस्ती क्रिस्टियानो रोनाल्डोप्रति सम्मान प्रकट गर्दै यस शनिबार राष्ट्रिय टोलीका सबै खेलाडीले प्रतिष्ठित ७ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन्। रोनाल्डोले फुटबल जगतमा पुर्‍याए...

#सम्मान
Compare →
Bizshala
1d ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#यूएई
Compare →

Related Stories

World News
Build #2612