Trending
Prev Story
Next Story

वालेन्द्र शाह सरकारको काम गराइलाई सीके लाल कसरी मूल्यांकन गर्छन् ?

Ekantipur •
October 17, 2026 • 09:21 PM
2
2 reads 0 reactions

चुनावबाट प्राप्त ठूलो जनमतलाई स्पष्ट कार्यसूची र प्रभावकारी शासनमा रूपान्तरण गर्न नसके सरकारप्रतिको जनविश्वास कमजोर हुन सक्ने राजनीतिक विश्लेषक लालको विश्लेषण छ ।

वालेन्द्र शाह सरकारको काम गराइलाई सीके लाल कसरी मूल्यांकन गर्छन् ?

चुनावबाट प्राप्त ठूलो जनमतलाई स्पष्ट कार्यसूची र प्रभावकारी शासनमा रूपान्तरण गर्न नसके सरकारप्रतिको जनविश्वास कमजोर हुन सक्ने राजनीतिक विश्लेषक लालको विश्लेषण छ ।

काठमाडौँ — राजनीतिक विश्लेषक सीके लाल ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली, व्यवस्थापन क्षमता र राजनीतिक भविष्यप्रति प्रश्न उठाएका छन् । चुनावबाट प्राप्त ठूलो जनमतलाई स्पष्ट कार्यसूची र प्रभावकारी शासनमा रूपान्तरण गर्न नसके सरकारप्रतिको जनविश्वास कमजोर हुन सक्ने उनको विश्लेषण छ ।

पत्रकार सुधीर शर्मासँग ‘अनि, अब’ कार्यक्रमको कुराकानीमा लालले सरकारसँग भ्रष्टाचार नियन्त्रण र भाइभतिजावाद अन्त्यजस्ता लोकप्रिय नारा भए पनि तिनलाई कार्यान्वयन गर्ने स्पष्ट कार्यसूची नदेखिएको बताएका हुन् । उनका अनुसार सरकारमा पुग्नुअघि पर्याप्त गृहकार्य नहुनु र प्राप्त जनमत व्यवस्थापन गर्न नसक्नु अहिलेको नेतृत्वका चुनौती हुन् ।

‘अहिलेसम्म यो सरकार वा दलले जनतासामु त्यस्तो कार्यसूची ल्याउन सकेको मलाई लाग्दैन,’ उनले भने ।

लालले प्रधानमन्त्री शाहको कार्यशैलीमा जनतासँग संवाद र सम्पर्कको कमी देखिएको बताए । प्रधानमन्त्रीले आफ्ना समर्थकको मात्रै नभई देशका सबै वर्ग र समुदायको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक रूपमा कम देखिने शैलीभन्दा पनि सरकारले कामबाट कस्तो परिणाम दिन्छ भन्ने महत्त्वपूर्ण हुने उनले बताए ।

‘आजको युगमा सम्राटको शैलीमा शासन चलाउन खोजेको जस्तो देखिन्छ,’ उनले भने ।

उनका अनुसार रास्वपा पनि अझै संस्थागत राजनीतिक दलका रूपमा विकास भइसकेको छैन । राजनीतिक समूहबाट बलियो संगठन र संस्थामा रूपान्तरण हुन नसक्दा सरकार सञ्चालनमा समेत समस्या आउन सक्ने उनले बताए ।

प्रधानमन्त्रीको इन्जिनियरिङ पृष्ठभूमि र विकासको अवधारणाबारे टिप्पणी गर्दै लालले प्राविधिक सोचले मात्रै देशका जटिल समस्या समाधान नहुने बताए । नेपालको भौगोलिक अवस्था, सीमित स्रोत र सामाजिक संरचनाअनुसार योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

सरकारको भविष्यबारे लालले जनताको दैनिक जीवनमा सुधार ल्याउनुलाई सबैभन्दा महत्त्वपूर्ण मानेका छन् । सरकारी सेवा सहज बनाउने, रोजगारी सिर्जना गर्ने, लगानीको वातावरण सुधार्ने र नागरिकको विश्वास जित्ने कामले मात्रै सरकारको वैधानिकता बलियो बनाउने उनको विश्लेषण छ ।

‘सरकारी कार्यालयमा सहज रूपमा काम होस् । सार्वजनिक जीवनका व्यक्तिहरूको जीवनशैली हाम्रोभन्दा धेरै फरक नहोस्,’ उनले भने, ‘यस्ता साना कुरा मात्रै गर्न सकियो भने पनि कार्यसम्पादन वैधानिकता प्राप्त हुन्छ ।’

जेन-जी आन्दोलनपछिको राजनीतिक अवस्थालाई उल्लेख गर्दै लालले जनतामा आशा र अपेक्षा बढे पनि त्यसलाई उपलब्धिमा बदल्न नसके निराशा बढ्न सक्ने बताए । उनका अनुसार चुनावी बहुमत र लोकप्रियताले मात्रै सरकारको भविष्य सुनिश्चित गर्दैन । स्पष्ट कार्यसूची, संस्थागत क्षमता र परिणाममुखी कार्यसम्पादनले नै जनविश्वास टिकाउन सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन, गठबन्धन सरकार बन्ने संकेत

न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन, गठबन्धन सरकार बन्ने संकेत

काठमाडौं : न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । शनिबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रधानमन्त्री...

#प्राप्त #स्पष्ट
Compare →

Related Stories

National (Nepal)
Build #2612