Trending
Prev Story
Next Story

नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित

Onlinekhabar •
October 19, 2026 • 12:51 PM
1
1 reads 0 reactions

२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट …

नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित

२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ ।

केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्राफिक लाइट जडानको ठेक्का पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीका सञ्चालक सुमन थापाका अनुसार चोरहरूले केबल काटेर लगेपछि सबै केबल फेर्नुपर्ने भएको छ ।

‘यस्ता केबल नेपालमा नपाइने र काटिएको केबल जोडेर पनि काम गर्न नसकिने हुन्छ,’ उनले भने, ‘विदेशबाट केबल मगाउनुपर्ने भएकाले थप समस्या भएको छ ।’ केबल मगाएर जडान गर्न कम्तीमा एक महिना लाग्ने थापाले जानकारी दिए ।

नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास रोडका विभिन्न ६ प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ । पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट राखिएको छ ।

सवारी चाप बढी भएका र दुर्घटनाको जोखिम रहेका स्थानमा ट्राफिक लाइट जडान गरिएको हो । ६ मिटरको आर्म भएका सात मिटर अग्ला भेहिकल पोल र पैदलयात्रीका लागि पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ ।

गत वर्ष नै जडान गरिसक्नुपर्ने ट्राफिक लाइटको काम जेनजी आन्दोलन र निर्वाचनका कारण ढिलाइ भएको थियो । सडक फराकिलो बनेपछि सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थापनमा सहजता हुने बताए ।

उनका अनुसार ट्राफिक लाइटको ब्याकअप र सेटिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाटै हुनेछ । बत्तीको सञ्चालन तथा अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिमार्फत गरिनेछ । कुन चोकमा कति समयसम्म बत्ती बाल्ने भन्ने नियन्त्रण र नियमन पनि त्यहीँबाट हुनेछ ।

भरतपुर महानगरपालिकाका ६ वटा चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ चैत २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना तिराउँदै निर्माण कार्य अघि बढाइएको थियो । केबल चोरी भएपछि भने ट्राफिक लाइटको परीक्षण तथा सञ्चालनमा थप ढिलाइ हुने भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
नक्कली भिडियो कलबाट ४० करोड डलरभन्दा बढी चोरी

नक्कली भिडियो कलबाट ४० करोड डलरभन्दा बढी चोरी

उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफ...

#चोरी
Compare →
Nagarik News
18h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#चोरी
Compare →
Bizshala
18h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →
Ekantipur
5d ago
गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

#ट्राफिक
Compare →

Related Stories

National (Nepal)
Build #2612