Trending
Prev Story
Next Story

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित तनहुँका किशोर पक्राउ

Ekantipur •
October 17, 2026 • 03:06 PM
1
1 reads 0 reactions

गौरबाट वीरगन्ज जाँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको थियो ।

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित तनहुँका किशोर पक्राउ

गौरबाट वीरगन्ज जाँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको थियो ।

रौतहट — रौतहटको गरुडा नगरपालिका–८ बिर्ता चोकबाट प्रहरीले शनिबार ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ । गौरबाट वीरगञ्ज जादै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागुऔषधको अवैध ओसारपसार भइरहेको खुल्न आएको हो ।

जिल्ला प्रहरीका अनुसार, गौरबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ४७०४ नम्बरको यात्रुवाहक बसलाई गरुडा नगरपालिका–८ स्थित बिर्ता चोकमा नियमित सुरक्षा जाँच गर्न रोकिएको थियो । जाँचका क्रममा बसमा सवार यात्रुहरुको झोला र सामान खानतलासी गर्दा तनहुँ, शुक्लागण्डकी नगरपालिका– ३ कार्की डाँडाघर भएका १७ वर्षीय नवीन विकको साथमा रहेको झोलाबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । विकको साथबाट कालो रङको प्लास्टिकमा बेरिएर लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित सुईजन्य लागुऔषधका विभिन्न प्रकारका एम्पुलसहित फेला परेको जिल्ला प्रहरीका डीएसपी बसन्त गौतमले जानकारी दिए ।

पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको डीएसपी गौमले बताए । ‘हामिले बिकसँगै अन्य नाइके वा सञ्जालको संलग्नताबारे पनि गहिरो अनुसन्धान गरिहेका छौ,’ उनले भने, ‘बिकले उक्त समान कहाँ र कसलाई दिन लैजान लागेको भन्ने अनुसन्धानबाट पछि खुल्छ ।’

पछिल्लो समय भारतीय सीमा क्षेत्रमा लागुऔषधको कारोबार बढेको पाइएको छ । सिमापारि नेपालमा प्रतिबन्धित औषधि बिक्री गर्दै आएको प्रहरीको ठम्याइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

१८ कार्तिक, रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा …

#क्रम #रौतहट
Compare →
Hamro Patro News
2d ago
लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा

लागुऔषधविरुद्ध सचेतना फैलाउँदै रौतहटका युवा चार वर्षअघि गरुडा नगरपालिका–५ महम्मदपुरबाट सुरु भएको युवाको अभियान अहिले रौतहटका विभिन्न नगरपालिका, बजार र विद्यालयसम्म विस्तार भएको छ । कार्तिक २५, २०...

#रौतहट
Compare →

Related Stories

World News
Build #2612