जलवायु परिर्वतनको साझा चुनौती सामना गर्न तथा विपद जोखिम न्युनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउने उद्देश्यले भारतको नयाँ दिल्लीमा जलवायु जोखिम तथा विपद न्युनीकरणमा साझा जिम्मेवारी विषयमा संवाद कार्यक्रम सम्पन्न भएको छ।
भारतस्थित नेपाली राजदुतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजना सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले विपद जोखिम न्युनीकरणका लागि छिमेकी देशहरुबिच वातावरणीय दिगोपनासम्बन्धी छलफल आवश्यक भएको बताउनुभयो । हिमनदीजन्य जोखिमबाट बच्न पूर्व तयारीका साथै नेपाल–भारत र चीनबिचको क्षेत्रीय सहकार्य आवश्य भएको उहाँको भनाइ छ। डा. थापाले भन्नुभयो, “नेपाल र भारतका साझा नदी पारिस्थितिक प्रणालीमा निर्भर रहेकाले त्यसको संरक्षण र दिगो व्यवस्थापनका लागि नेपाल र भारतबिच सहकार्य आवश्यक छ।’
Read full story at source ( gorkhapatraonline.com )