Trending
Prev Story
Next Story

मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । मोरङ जिल्ला तथा आसपास क्षेत्रको विद्युत् माग सम्बोधन गर्न र आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई १४ र १५ …

मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज

११ कात्तिक, काठमाडौं । मोरङ जिल्ला तथा आसपास क्षेत्रको विद्युत् माग सम्बोधन गर्न र आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

सबस्टेसनलाई १४ र १५ कात्तिकमा चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनमा पूर्वपश्चिम १३२ केभी प्रसारण लाइन अन्तर्गत दुहबी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई  भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिने छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत् आपूर्ति हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

दुहबी–दमक प्रसारण लाइन शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिने छ । यसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङ जिल्लाका सम्पूर्ण भाग र मोरङका उर्लाबारी, पथरी आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएका दुई र ३३/११ केभी, २२.५ एमभीएको एउटा पावर ट्रान्स्फर्मर राखिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले केरौन सबस्टेसन सञ्चालनमा आएपछि मोरङ जिल्लाको विद्युत् आपूर्ति सुरक्षित, भरपर्दो हुने र प्राविधिक चुहावट समेत घट्ने बताए ।

अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट बढी रहेको र उपभोक्ताले छिनछिनमा लाइन जाने (ट्रिपिङ) समस्या भोगिरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक श्रेष्ठले अब ३३ केभी लाइनको लम्बाइ घट्दा चुहावट पनि घट्ने र भोल्टेजमा सुधार भई विद्युत आपूर्ति विश्वसनीय र गुणस्तरीय बन्ने बताए ।

हाल उक्त क्षेत्रका लागि दुहबी–रानी–रङ्गेली ३३ केभी करिब ५० किलोमिटर लामो लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । अब लाइनको लम्बाइ घट्ने हुँदा विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ५ वटा फिडर लाइन निकालिएको छ । त्यस्तै करौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ । सबस्टेसन सञ्चालनमा आएपछि उक्त लाइन पनि चार्ज गरिने केरौन सबस्टेसन आयोजना प्रमुख दर्शन राय यादवले बताए ।

आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । अनुमानित लागत करिब १ अर्ब रुपैयाँ रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वनसम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौ...

#१३२ #केभी
Compare →
Ekantipur
5d ago
आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो ।

#विद्युत् #आपूर्ति
Compare →
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#१३२
Compare →
Nagarik News
3d ago
विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ।

#विद्युत्
Compare →

Related Stories

Building & Construction
Build #2611