Trending
Prev Story
Next Story

कञ्चनजंघा क्षेत्रमा काठेपुल, पर्यटकलाई सहज

Ekantipur •
October 19, 2026 • 07:19 AM
1
1 reads 0 reactions

स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने यो क्षेत्रमा आवतजावतमा सहजताका लागि पुल निर्माण गरिएको हो ।

कञ्चनजंघा क्षेत्रमा काठेपुल, पर्यटकलाई सहज

स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने यो क्षेत्रमा आवतजावतमा सहजताका लागि पुल निर्माण गरिएको हो ।

४ हजार ७ सय ८० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ को लोनाक खोलामा काठेपुल निर्माण गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने यो क्षेत्रमा आवतजावतमा सहजताका लागि पुल निर्माण गरिएको हो ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को नेतृत्वमा काठेपुल निर्माण भएको फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य एवं पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाले जानकारी दिए ।

कञ्चनजंघा क्षेत्रको भ्रमण गर्ने पर्यटक तथा चौँरीपालकलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यसहित काठेपुल निर्माण गरिएको परिषद्ले जनाएको छ । काठेपुलमा पदयात्रा गर्नका साथै याक, खच्चर हिँडाउन पनि सहज भएको स्थानीय नुपु शेर्पाले बताए ।

श्रमदानसमेत परिचालन गरी निर्माण गरिएको पुलको लागत यकिन भइनसकेको परिषद्ले जनाएको छ ।

व्यवसायी शेर्पाका अनुसार पर्यटकीय याम सुरु भएकाले फ्रान्स, जर्मनी, बेलायत, चीनलगायतका देशबाट विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउन थालेका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि जाने पर्यटक, पर्वतारोही र स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले उच्च उचाइमा लाग्ने रोग व्यवस्थापनका लागि पहिलो राष्ट...

#पर्यटक #क्षेत्रमा
Compare →
Nagarik News
19h ago
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

#आवतजावत #सहज
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611