Trending
Prev Story
Next Story

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह

Nagarik News •
October 28, 2026 • 11:40 AM
1
1 reads 0 reactions

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ।

विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ। युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्।

विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ। विभागले इनर्जी ड्रिंक्सलाई पानी,जुस,दूध,मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।

त्यस्तै,उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १७:२५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
छठमा जातीय विभेद र छुवाछुत नगर्न तथा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

छठमा जातीय विभेद र छुवाछुत नगर्न तथा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

१९ कात्तिक, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति …

#नगर्न #मन्त्रालयको
Compare →
Hamro Patro News
1w ago
छठ पर्वमा जातीय विभेद नगर्न र छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

छठ पर्वमा जातीय विभेद नगर्न र छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा कुनै जातीय विभेद तथा छुवाछूतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ...

#नगर्न #मन्त्रालयको
Compare →
Bizshala
1w ago
माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।कम्पनीका अध्यक्ष प्रदिपजङ्ग...

#इनर्जी
Compare →
Ekantipur
1w ago
आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

#इनर्जी
Compare →
Arthasansar
1w ago
रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने...

#इनर्जी
Compare →

Related Stories

Health & Wellness
Build #2611