Trending
Prev Story
Next Story

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

Bizshala •
October 18, 2026 • 04:30 PM
2
2 reads 0 reactions

काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर...

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

आज बुधबार बिहान २ः१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घर भत्किएका छन्। त्यहाँ भत्किएका घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतकमा हर्क बोहरा, प्रेम बोहरा, भगवती बोहरा, सीता बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन्।

भूकम्पमा परी पाँचजना घाइते भएका छन्। उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनाएको छ। हाल भूकम्पग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली खटिएको छ।

त्यसअघि मंगलबार राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि पटक–पटक भूकम्पको झट्का महसुस भएको दिपायलका दीपक बोहराले बताए।

भूकम्पको झट्का सुदूपश्चिम क्षेत्रमा महसुस भएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

#भूकम्प #म्याग्निच्युड
Compare →
Onlinekhabar
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)।  मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा …

#भूकम्प #म्याग्निच्युड
Compare →
Hamro Patro News
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

काठमाडौं । जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् । भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर भागेका थिए । ...

#भूकम्प #म्याग्निच्युड
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#ज्यान #गुमाउने
Compare →

Related Stories

Business & Economy
Build #2611