Trending
Prev Story
Next Story

पटक–पटक प्रतिबद्धता तोड्ने अमेरिकालाई माफ गर्न सकिँदैन : इरान

Nagarik News •
October 28, 2026 • 11:00 AM
1
1 reads 0 reactions

बाघाईले कूटनीतिप्रति वासिङ्टनको अवहेलना फेरि एकपटक उजागर भएको उल्लेख गरे।

पटक–पटक प्रतिबद्धता तोड्ने अमेरिकालाई माफ गर्न सकिँदैन : इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १४ बुधे मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयू) प्रतिको टिप्पणीको आलोचना गर्दै वासिङ्टनलाई आफ्नो प्रतिबद्धता नमान्ने र अमेरिकी दुर्व्यवहारलाई जवाफदेहिताको आह्वान गरेको आरोप लगाएका छन्।

समाजिक सञ्जाल एक्समा बाघाईले कूटनीतिप्रति वासिङ्टनको अवहेलना फेरि एकपटक उजागर भएको उल्लेख गरे।

राष्ट्रपति ट्रम्पले इस्लामाबाद एमओयूमा कहिल्यै विश्वास नगरेर यसलाई समयको बर्बादी र कूटनीतिक प्रतिबद्धताहरूको फितलो पक्षलाई उजागर गरेको जनाए।

उनले भने, ‘इरानका लागि यो नयाँ कुरा होइन ,वासिङ्टनसँग आफ्ना प्रतिबद्धताहरू अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वहरू असुविधाजनक हुँदा आफुअनुकुल व्यवहार गर्ने प्रचलन लामो समय देखि गर्दै आएको छ।’

उनले वासिङ्टनलाई दिएको प्रतिक्रियाका लागि युरोपेली राज्यहरू लगायतको आलोचना गर्दै वासिङ्टनले अमेरिकी दुर्व्यवहारलाई बैद्य पार्नु र यसलाई जवाफदेहिताबाट जोगाउनका लागि युरोपेली राज्यहरू र अन्य समर्थकहरूका लागि कुनै औचित्य भएको बताए।

‘टुटेको प्रतिबद्धतालाई माफ गर्न सकिँदैन, अन्तर्राष्ट्रिय कानून चयन गरेर लागू गर्न सकिँदैन, र कुनै पनि रुपमा राजनैतिक नैतिकताले वासिङ्टनलाई जवाफदेहिताबाट मुक्त गर्न सक्दैन’ उनले जोड दिए।

इरानसँगको द्वन्द्वमा ट्रम्पको हालैको बयानको बीचमा यो टिप्पणी आएको हो।

बुधबार  टेक्सासको लुब्बकमा एउटा र्यालीमा बोल्दै अमेरिकी राष्ट्रपतिले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको र तेहरानलाई सन् १९७९ देखि वासिङ्टनविरुद्ध द्वन्द्व गरेको आरोप लगाए।

अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको दावी गर्दै ट्रम्पले इरानले अमेरिकाविरुद्ध सन् १९७९ देखि नै युद्ध जारी राखि महान अमेरिकी व्यक्तिहरू तथा सैनिकहरूको हत्या गरेको र धेरैलाई घाइते बनाएको जनाए।

उनले यस अघिका अमेरिकी नेताहरूले यस मुद्दालाई नसल्टाएकोमा थप आलोचना गर्दै  समस्या धेरै पहिले नै सुल्झाउनु पर्ने  तर उनीहरूसँग यो साहस वा बुद्धिमत्ता नभएको उल्लेख गरे।

इरानमा युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नलाई सम्बोधन गर्दै ट्रम्पले जब म यो युद्ध समाप्त गर्न चाहन्छु त्यहि समयमा हुन्छ भने।

यसैबीच, इजरायलमा चुनावको नतिजा पर्खिरहेका समयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जेरुसेलमको अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर बिन्येनी हाउमामा रहेको लिकुड पार्टीको निर्वाचन मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै वासिङ्टनसँगै इरानले निम्त्याएको खतरालाई सम्बोधन गर्ने अवसर रहेको बताए।

यसैबीच, मंगलबार इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले तनावको बीचमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद (एसएनएससी) का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको बैठकपछि राष्ट्रिय र क्षेत्रीय सुरक्षाको रक्षा गर्न स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम राख्ने महत्वलाई जोड दिए।

हर्मुजको जलमार्गको महत्वलाई प्रकाश पार्दै खमेनीले आपसी हितका आधारमा छिमेकी देशहरूसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउन पनि जोड दिए।

युद्ध न त शान्ति को विद्यमान अवस्थाको अन्त्य गर्न पनि आह्वान गर्दै खमेनीले देशको रक्षामा जनताको सहभागिता कायम राख्न सक्रिय सञ्चारमा जोड दिए।

रेजाईले इरान विरुद्धको कुनै पनि सैन्य कारबाहीको परिणाम भोग्नुपर्ने चेतावनी दिएको केही दिनपछि यो टिप्पणी आएको हो।एएनआई

प्रकाशित: ११ कार्तिक २०८३ १६:४५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

#इरान #अमेरिका
Compare →
Arthasansar
2d ago
इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले तेहरानले वार्ताका लागि अमेरिकाअघि सारेका सातवटा सर्तको जवाफ पर्खिरहेको बताएका छन्। यसका साथै उनले वासिङ्टनसँग...

#इरान #अमेरिका
Compare →
Onlinekhabar
2d ago
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#इरान #अमेरिका
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान
Compare →

Related Stories

World News
Build #2611