Trending
Prev Story
Next Story

नेपाल–भारत सीमा सुरक्षा निकायको १०औं समन्वय बैठक काठमाडौंमा सुरु

Ekantipur •
October 28, 2026 • 11:02 AM
1
1 reads 0 reactions

बुधबारदेखि शुक्रबारसम्म चल्ने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण र दुई देशबीचको समन्वय सुदृढीकरणबारे छलफल हुनेछ।

नेपाल–भारत सीमा सुरक्षा निकायको १०औं समन्वय बैठक काठमाडौंमा सुरु

बुधबारदेखि शुक्रबारसम्म चल्ने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण र दुई देशबीचको समन्वय सुदृढीकरणबारे छलफल हुनेछ।

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच द्विपक्षीय समन्वय बैठक सुरु काठमाडौंमा सुरू भएको छ । बुधबार सुरू भएको बैठक शुक्रबारसम्म चल्नेछ । सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औं द्विपक्षीय समन्वय बैठक आयोजना गरिएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा जारी बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायतका प्रतिनिधिको सहभागिता छ । नेपालको तर्फबाट बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिको सहभागिता रहेको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरूको सहभागीता रहेको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बल (एसएसबी), भारतका महानिर्देशक संजय सिंघलले गरेका छन् ।

बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामाग्रीहरुको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भईरहेको समन्वयात्मक प्रयासहरुको समीक्षा हुनेछ ।

बैठकमा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भहरुको संरक्षण, मर्मत सम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमापार प्रभाव पार्न सक्ने महामारी र विपदको जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । साथै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका आपसी समन्वय अभिवृद्धि केन्द्रित गतिविध सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ ।

द्विपक्षीय बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सदभाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सीमा #समन्वय #सुरक्षा
Compare →
Hamro Patro News
7h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Bizshala
13h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612