Trending
Prev Story
Next Story

३३ अंक बढ्यो सेयर बजार, कारोबार डेढ महिनाकै उच्च

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार ३३.२९ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक साउन ३० यताकै उच्च हो । आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ …

३३ अंक बढ्यो सेयर बजार, कारोबार डेढ महिनाकै उच्च

११ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार ३३.२९ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक साउन ३० यताकै उच्च हो ।

आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । यो कारोबार रकम करिब डेढ महिना भदौ ३० यताकै उच्च हो ।

आज पनि जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो । व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् ।

व्यापार समूह ०.४४ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको १०.६०, सुपर खुदी हाइड्रोपावरको ६.२६, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२, युनियन हाइड्रोपावरको ५.८६, सान्जेनको ५.८१, स्वस्तिक लघुवित्तको ५.६७, होटल फरेस्ट इनको ५.४१ प्रतिशत मूल्य बढ्यो ।

सिर्जनशील लघुवित्तको मूल्य २.३०, चिरख्वा हाइड्रोपावरको २.१२, माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पार, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर, कुमारी बैंक क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
9h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
1w ago
नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

आजको बजारमा CREST र GCIL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2611