Trending
Prev Story
Next Story

विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्यांकन भइरहेको छ : सरकार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । सरकारले विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । कृषि तथा वन क्षेत्रको क्षतिको यकिन विवरण तयार गर्न विभिन्न सूचकका आधारमा अध्ययन भइरहेको सरकारले …

विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्यांकन भइरहेको छ : सरकार

११ कात्तिक, काठमाडौं । सरकारले विपद्‌बाट कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ ।

कृषि तथा वन क्षेत्रको क्षतिको यकिन विवरण तयार गर्न विभिन्न सूचकका आधारमा अध्ययन भइरहेको सरकारले जनाएको हो ।

कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट भएको क्षतिको मूल्याङ्कनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर काम भइरहेको जानकारी दिए ।

बुधवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले लगाइएको बालीमा भएको क्षति, त्यसको मूल्य, विगतको उत्पादकत्व र चालु वर्षको बजार मूल्यका आधारमा कृषि उपजको क्षति गणना गरिने बताए ।

उनका अनुसार बालीमा भएको क्षतिको विवरण उपलब्ध तथ्याङ्कका आधारमा तयार गरिँदैछ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कको तुलनात्मक परीक्षण गरी अन्तिम रूप दिइने र क्षतिसम्बन्धी विवरण राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा समावेश गरिनेछ ।

पशुपंक्षीमा भएको क्षतिको मूल्याङ्कन पनि भइरहेको पनि सचिव मिश्रले बताए । किसानको कृषि सूचीकरणबाट प्राप्त तथ्याङ्कका आधारमा परिवारमा रहेका पशुपंक्षीको सङ्ख्या तथा क्षतिको मूल्याङ्कन गरिने मिश्रले बताए । यसका साथै व्यावसायिक पशुपंक्षी फार्ममा भएको क्षतिको विवरणसमेत सङ्कलन भइरहेको उनले बताए ।

‘कृषि क्षेत्रको क्षतिको मूल्याङ्कनलाई मुख्यत: पाँच भागमा वर्गीकरण गरिएको छ । पहिलो, लगाइएको बालीमा भएको क्षति, त्यसको मूल्य, विगतको उत्पादकत्व र यस वर्षको बजार मूल्यका आधारमा मूल्याङ्कन गरिँदैछ । तथ्याङ्कलाई विभिन्न स्रोतसँग रुजु गरेर अन्तिम रूप दिइनेछ र क्षतिको विवरण राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा समावेश गरिनेछ । दोस्रो, पशुपंक्षी तथा व्यावसायिक फार्ममा भएको क्षतिको मूल्याङ्कन किसान सूचीकरणको तथ्याङ्कका आधारमा गरिँदैछ । जलचरमा भएको क्षतिको मूल्याङ्कन हो,’ उनले भने ।

मिश्रका अनुसार विपद्बाट जलचरमा भएको क्षतिको आर्थिक मूल्याङ्कन अर्को महत्वपूर्ण पक्ष हो । विशेषगरी त्रिशूली करिडोरमा विभिन्न प्रजातिका माछा तथा अन्य जलचरमा परेको असरको अध्ययन भइरहेको छ । कतिपय जलचर प्रजातिको सङ्ख्यामा ठूलो गिरावट आएको वा ती प्रजाति प्रभावित भएको हुन सक्ने भएकाले तिनको पुन:स्थापनामा लाग्ने समयसमेत अध्ययन गर्नुपर्ने उहाँले बताउनु भयो  जलचरको क्षतिको आर्थिक मूल्याङ्कन गर्न प्रत्यक्ष तथ्याङ्क उपलब्ध नभएका अवस्थामा वैकल्पिक अनुमान विधिसमेत प्रयोग गर्नुपर्ने उनको भनाइ छ । विपद्बाट बगाएर लगेको खेतीयोग्य जमिनको मूल्याङ्कन पनि भइरहेको छ ।

हजारौँ वर्षदेखि खेती हुँदै आएको जमिनको क्षति मापन गर्न कठिन हुने उल्लेख गर्दै मिश्रले त्यसको वार्षिक उत्पादकत्वका आधारमा मूल्याङ्कन गर्ने विधि अपनाइने बताए ।

‘विशेषगरी त्रिशूली करिडोरमा माछाका विभिन्न प्रजातिमा ठूलो क्षति पुगेको छ । तिनको आर्थिक मूल्य र पुन:स्थापना हुन लाग्ने समयको मूल्याङ्कन गर्नुपर्नेछ । बगाएर लगेको कृषि जमिनको क्षतिको मूल्याङ्कन हो,’ उनले भने, ‘जमिनको वार्षिक उत्पादकत्वका आधारमा यसको मूल्य निर्धारण गर्ने विधि अपनाइँदैछ । क्षतिग्रस्त जमिनको कुल क्षेत्रफल र मूल्याङ्कनको काम अझै अन्तिम भइसकेको छैन ।’

जैविक विविधतामा परेको असर, प्रजाति लोप हुने सम्भावना तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको सचिव मिश्रको भनाइ छ ।

मन्त्रालयले कृषि तथा वन क्षेत्रको समग्र क्षति मूल्याङ्कनलाई एकीकृत रूपमा अघि बढाइरहेको र यससम्बन्धी तथ्याङ्क तथा प्रतिवेदन संसदीय विशेष समितिलाई उपलब्ध गराउने मिश्रले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
भोटेकोशी विपद्मा गुनासो नआउनेगरी काम भइरहेको छ

भोटेकोशी विपद्मा गुनासो नआउनेगरी काम भइरहेको छ

।भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनःस्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायका प्रतिनिधिले बताएका छन्। ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्...

#भइरहे #विपद्
Compare →
Nagarik News
4d ago
नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् ।

#भइरहे
Compare →

Related Stories

Politics & Governance
Build #2611