Trending
Prev Story
Next Story

६ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

Nagarik News •
October 28, 2026 • 08:21 AM
1
1 reads 0 reactions

शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।

६ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरुको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ।

विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्याङ्कनमाथि परेका उजुरीमाथिको अध्ययन÷छानबिनबाट पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएकामा पछिल्लो छ महिना आयोगका पदाधिकारी रिक्त रहेका कारण पुनरावलोकन कार्य रोकिएको थियो।

आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहको इलाम, सुनसरी, झापा, सोलुखुम्बु तथा गत असोज २९ गते प्राथमिक द्वितीयको लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ।

नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो।

गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए।

प्रकाशित: ११ कार्तिक २०८३ १४:०६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै

६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै

काठमाडौं । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरवलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार, बढुवा सिफारिस समित...

#शिक्षक #बढुवा
Compare →
Ekantipur
5d ago
शतप्रतिशत नतिजा ल्याउने रिब्दीकोटका १ सय ३० शिक्षक सम्मानित

शतप्रतिशत नतिजा ल्याउने रिब्दीकोटका १ सय ३० शिक्षक सम्मानित

गाउँपालिकाले कक्षा ८, एसईई र कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो।

#शिक्षक #नतिजा
Compare →
Setopati
1w ago
कहाँ हराउँदै छ शिक्षकको मुस्कान?

कहाँ हराउँदै छ शिक्षकको मुस्कान?

हामीले शिक्षकबाट कस्तो व्यवहार चाहेका छौँ भन्ने कुरा स्पष्ट छ। हामी चाहन्छौँ, शिक्षक विद्यार्थीप्रति संवेदनशील होऊन्, उत्साहका साथ पढाऊन्, नयाँ कुरा सिक्न तयार होऊन् र विद्यार्थीलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरून्।

#शिक्षक
Compare →
Onlinekhabar
3w ago
अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

१२ कात्तिक, काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले …

#शिक्षक
Compare →

Related Stories

Education & Youth
Build #2611