Trending
Prev Story
Next Story

देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा …

देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा चयन भएका छन् । सचिवमा लीलाधर आचार्य र दुर्योधन राना तथा सह–सचिवमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत भएका छन् ।

उनका अनुसार सदस्यहरूमा इश्वरी खत्री, अमृतबहादुर बुढा, मोहनलाल घर्ती र रेखा नेपालीलाई चयन गरिएको छ ।

रोल्पा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कृष्ण खड्का र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तीर्थराज वली सर्वसम्मत निर्वाचित भएका छन् ।

देउवा समूहले यसअघि डोटी, बैतडी, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, रुकुम पश्चिम र संखुवासभामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

देउवा समूहको १७–१८ भदौमा बसेको बैठकले १५औं केन्द्रीय महाधिवेशन २१–२३ मंसिरमा गर्ने निर्णय गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा

प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा

बुटवल । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा समूहले प्यूठानमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट देवेन्द्र वर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । ...

#शेरबहादुर-देउवा #अधिवेशन #देउवा
Compare →
Ekantipur
1w ago
बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।

#सभापतिमा #अधिवेशन #देउवा
Compare →
Nagarik News
10h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #देउवा
Compare →

Related Stories

Technology
Build #2612