Trending
Prev Story
Next Story

ग्यास किन्दा अब बिल अनिवार्य, महासंघले व्यवसायी र उपभोक्ता दुवैलाई गर्‍यो आग्रह

Bizshala •
October 28, 2026 • 07:31 AM
1
1 reads 0 reactions

काठमाण्डौ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्न...

ग्यास किन्दा अब बिल अनिवार्य, महासंघले व्यवसायी र उपभोक्ता दुवैलाई गर्‍यो आग्रह

काठमाण्डौ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्न व्यवसायीलाई आग्रह गरेको छ। साथै, उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिल मागेर लिन महासंघले अनुरोध गरेको छ।

नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरणमा अनिवार्य बिल जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशनको स्वागत गर्दै महासंघले बुधबार यस्तो आग्रह गरेको हो।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

ग्यास बिक्रीपछि उपभोक्तालाई बिल वा बीजक नदिइएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन जारी गरेको जनाएको छ।

महासंघले ग्यास कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन आफूहरूले यसअघि पनि निगमलाई विभिन्न सुझाव दिँदै आएको उल्लेख गरेको छ।

महासंघका अनुसार ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए कारोबारको पारदर्शिता बढ्नुका साथै उपभोक्ताको हकहित संरक्षणमा पनि सहयोग पुग्नेछ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।

महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल माग्न र बिल लिएर मात्र कारोबार गर्ने बानी बसाल्न अनुरोध गरेको छ।

महासंघले अनिवार्य बिल प्रणालीलाई ग्यास कारोबार व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन्।

#ग्यास #उपभोक्ता
Compare →
Hamro Patro News
1w ago
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश रोक्न आग्रह गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको...

#महासंघ
Compare →
Ekantipur
1w ago
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

#महासंघ
Compare →
Onlinekhabar
1w ago
आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

१९ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकापसमा गाभिन (मर्जरमा जान) तयार रहेको बताएको छ । तर, यसका लागि सरकारले आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) को व्यवस्था लागु नहुने …

#ग्यास
Compare →

Related Stories

National (Nepal)
Build #2612