Trending
Prev Story
Next Story

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

Arthasansar •
October 17, 2026 • 01:38 PM
1
1 reads 0 reactions

ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर...

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले ।

उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो । आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए । आजको खेलमा जित दर्ता गर्न सके नेपालले विश्वकप लिग–२ तालिकाको शीर्ष छमा स्थान सुरक्षित गर्नेछ ।

पराजित भएको अवस्थामा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने समीकरण बन्नेछ । उता क्यानडा आज जित्नैपर्ने दबाबमा छ । आजको खेलमा पराजित भएमा उसको शीर्ष छको सम्भावना समाप्त हुनेछ । ताजा अवस्थामा अङ्क तालिकामा नेपाल छैटौँ र क्यानडा सातौँ स्थानमा छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

#रनको #लक्ष्य
Compare →
Hamro Patro News
3d ago
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई रनको २७६ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको समूह ‘ए’अन्तर्गत मगंलबार ओमानको अल अमरातमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले...

#क्रिकेट #रनको #लक्ष्य
Compare →
Onlinekhabar
11h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#रनको #लक्ष्य
Compare →

Related Stories

National (Nepal)
Build #2611