Trending
Prev Story
Next Story

निजीले इन्टरनेटको शुल्क बढाएपछि 'एनटी फाइबर'तर्फ ग्राहकको आकर्षण

Ekantipur •
October 28, 2026 • 05:00 AM
1
1 reads 0 reactions

नेपाल टेलिकमका अनुसार वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँको ३० एमबीपीएस अफरपछि नयाँ जडानको माग तीन गुणासम्म बढेको छ।

निजीले इन्टरनेटको शुल्क बढाएपछि 'एनटी फाइबर'तर्फ ग्राहकको आकर्षण

नेपाल टेलिकमका अनुसार वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँको ३० एमबीपीएस अफरपछि नयाँ जडानको माग तीन गुणासम्म बढेको छ।

काठमाडौँ — निजी इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले ५० एमबीपीएसभन्दा कम क्षमताका सस्ता प्याकेज बन्द गर्दै महसुल बढाएपछि नेपाल टेलिकमको ‘एनटी फाइबर’ इन्टरनेटतर्फ ग्राहकको आकर्षण बढेको छ । वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने टेलिकमको चाडपर्व अफरमा ग्राहकको चासो बढेको हो ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबर जडानको माग साविकको तुलनामा तीन गुणासम्म बढेको छ । ग्राहकको सोधपुछ र नयाँ जडानका लागि निवेदन दिने क्रम बढेपछि हटलाइन नम्बर र अनलाइन पोर्टलको व्यवस्था गर्नुपरेको कम्पनीले जनाएको छ ।

टेलिकमका सहायक प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार साउन र भदौमा मासिक औसत ३ हजार नयाँ जडान हुने गरेकामा असोजमा यो संख्या बढेर ६ हजार पुगेको छ । काठमाडौंलगायत जनघनत्व बढी भएका सहरी क्षेत्रबाट एनटी फाइबर जडानको माग धेरै आइरहेको उनले बताए ।

निजी इन्टरनेट सेवा प्रदायकले सस्ता प्याकेज बन्द गर्ने घोषणा गरेलगत्तै टेलिकमले सहुलियत दरमा नयाँ प्याकेज ल्याएको थियो । दसैं तथा तिहारलाई लक्षित गरी ल्याइएको अफरमा वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराइएको छ । यसमा जडान शुल्कसमेत मिनाहा गरिएको छ ।

२३ असोजमा प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा टेलिकमको चाडपर्व लक्षित अफरको पोस्टर सेयर गरेपछि दसैंभर ग्राहकको चासो निरन्तर बढेको टेलिकमले जनाएको छ । निजी सेवा प्रदायकले शुल्क बढाएपछि विकल्प खोजिरहेका कतिपय प्रयोगकर्ता टेलिकमको इन्टरनेटतर्फ आकर्षित भएका छन् ।

तर बढ्दो चापसँगै ग्राहक सहायता, सेवा गुणस्तर र पुराना राउटर वितरणबारे टेलिकममाथि पनि प्रश्न उठेका छन्।

नुवाकोटका अर्जुन तामाङले दसैंमा टेलिकमको इन्टरनेट जडान गर्न खोज्दा ग्राहक सेवामा लामो समय पर्खिनुपरेको अनुभव सुनाए । उनका अनुसार कस्टमर केयरमा फोन गर्दा आफू १६१ औं नम्बरमा रहेको र १६ मिनेट ‘होल्ड’ गरेपछि मात्रै कुराकानी गर्न सकिने जवाफ आएको थियो ।

ग्राहकको आकर्षण बढेसँगै जडान प्रक्रियामा देखिएको चापका अतिरिक्त केही ग्राहकले टेलिकमको फाइबर इन्टरनेटको गुणस्तर र ग्राहक सहायता सेवामा हुने ढिलाइबारे पनि प्रश्न उठाएका छन् ।

ग्राहकका गुनासोबारे टेलिकमका सहायक प्रवक्ता थापा क्षेत्रीले भने सेवाको गुणस्तरमा कुनै सम्झौता नगरिएको बताए । उनका अनुसार ग्राहकको चाप धान्न सक्ने क्षमताको नेटवर्क पूर्वाधार पहिल्यै तयार रहेकाले इन्टरनेटको गति र गुणस्तरमा असर पर्दैन ।

पूरा समाचार पढ्नुहोस् : इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
8h ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #इन्टरनेट
Compare →

Related Stories

Business & Economy
Build #2611