Trending
Prev Story
Next Story

गरिब देशलाई महँगीको मारबाट जोगाउन आईएमएफ प्रतिबद्ध

Nagarik News •
October 17, 2026 • 08:40 AM
1
1 reads 0 reactions

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशलाई महँगीको मारबाट जोगाउनुपर्ने बताएको छ।

गरिब देशलाई महँगीको मारबाट जोगाउन आईएमएफ प्रतिबद्ध

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशलाई महँगीको मारबाट जोगाउनुपर्ने  बताएको छ।

आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा संकटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताइन्।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताइन्।

उनका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाए पनि मुद्रास्फीति, उच्च ऋण, युद्ध र जलवायु जोखिमले चिन्ता बढाएको छ।

अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढेको छ। यसको प्रभाव विभिन्न देशमा पर्दा मुद्रास्फीति थप चर्किएको छ।

विशेषगरी तेल आयातमा निर्भर न्यून आय भएका देश बढी प्रभावित भएको आईएमएफले जनाएको छ।

‘मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो,’ जर्जिएभाले भनिन्। उनले प्रभावित देशलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरिन्।

उनका अनुसार न्यून आय भएका देशको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा पछिल्ला वर्षमा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ।

आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा निजी लगानी प्रवद्र्धनमा सघाउने उनले बताइन्।

प्रकाशित: १ कार्तिक २०८३ १४:२५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
महँगी र आवास सङ्कटविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल

महँगी र आवास सङ्कटविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल

म्याड्रिड । बढ्दो महँगी, घरभाडा र आवास सङ्कटको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा राजधानी म्याड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । देशका प्रमुख मजदुर सङ्गठनहरूको आह्...

#महँगी
Compare →

Related Stories

World News
Build #2612