Trending
Prev Story
Next Story

लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । ब्राजिलमा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका सेनेटर फ्लाभियो बोल्सोनारो र उनको परिवारलाई ट्रम्प प्रशासनले अमेरिकी भिसा उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयका …

लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?

११ कात्तिक, काठमाडौं । ब्राजिलमा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका सेनेटर फ्लाभियो बोल्सोनारो र उनको परिवारलाई ट्रम्प प्रशासनले अमेरिकी भिसा उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले एजेन्सीहरूलाई यो जानकारी गराएका हुन्।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले चुनावमा पराजय व्यहोरेको केही घण्टाभित्रै ब्राजिलको सर्वोच्च अदालतले उनको राहदानी जफत गर्न र देश छाड्न प्रतिबन्ध लगाउन आदेश दिएपछि यो नयाँ कूटनीतिक हलचल पैदा भएको हो।

सम्पत्ति शुद्धीकरणको छानबिन र देश छाडेको आशंका

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश आलेक्सान्द्रे दे मोराएसले फ्लाभियो बोल्सोनारोमाथि करिब ९० करोड ५० लाख डलरको सम्पत्ति शुद्धीकरण छानबिनका सन्दर्भमा राहदानी बुझाउने म्याद तोकेका थिए।

फ्लाभियो बोल्सोनारोले ब्राजिल छाडेर अमेरिका प्रस्थान गरेको खबरहरू सार्वजनिक भएका छन् । उनी अर्जेन्टिना हुँदै प्राइभेट जेटमार्फत अमेरिका उडेको खबरहरू बाहिरिए पनि उनले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफूले देश छाड्ने नसोचेको र कानुनी लडाइँ लड्ने दाबी गरेका छन् ।

अमेरिकी अधिकारीहरूले बोल्सोनारो परिवार सुरक्षित रूपमा अमेरिका नपुगुञ्जेल यसबारे थप विवरण नदिने बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले बोल्सोनारो र उनको परिवारलाई भिसा जारी गर्ने प्रक्रिया अगाडि बढाएको पुष्टि गरेको छ।

ट्रम्प प्रशासन र बोल्सोनारो परिवारबीचको रणनीतिक सामीप्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले सुरुदेखि नै बोल्सोनारो परिवारलाई खुला समर्थन गर्दै आएका छन् ।

जायर बोल्सोनारोलाई सन् २०२२ को चुनाव उल्टाउने प्रयास गरेको अभियोगमा सर्वोच्च अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो, जसलाई ट्रम्पले ‘राजनीतिक प्रतिशोध’ र ‘डायन खोजी (विच हन्ट )’ भन्दै भर्त्सना गर्दै आएका छन् ।

बोल्सोनारो परिवारमाथि कारबाही चलाउने ब्राजिलका शक्तिशाली सर्वोच्च अदालतका न्यायाधीश आलेक्सान्द्रे दे मोराएसविरुद्ध अमेरिकी प्रशासनले भिसा प्रतिबन्ध र विभिन्न आर्थिक नाकाबन्दीहरू समेत लगाएको थियो ।

राष्ट्रपति ट्रम्पले ब्राजिलको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजाप्रति असन्तोष व्यक्त गरेका छन् ।

ब्राजिलका नव-निर्वाचित राष्ट्रपति लुलाले बोल्सोनारो परिवार र अमेरिकी कदमको कडा शब्दमा भर्त्सना गरेका छन् ।

राष्ट्रपति लुलाले भने, ‘यो बोल्सोनारो परिवारको लज्जास्पद प्रवृत्ति हो । ब्राजिल उनीहरूका लागि दोस्रो देश हो, अमेरिका उनीहरूको पहिलो देश हो । आफ्ना राजनीतिक स्वार्थका लागि उनीहरूले ब्राजिलको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप निम्त्याइरहेका छन् ।’

सन् २०२२ को चुनावमा उनका बुबा जायर बोल्सोनारो पराजित भएपछि उनी पनि केही महिनाका लागि अमेरिकाको फ्लोरिडा बसेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

काठमाडौँ । अमेरिकाले भिसा प्रणालीमा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न जनसहभागिता बढाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नक्कली कागजात, झुटा विवरण तथा गैरकानुनी उद्देश्यका साथ अमेरिका प्रवेश ...

#अमेरिकी #भिसा
Compare →
Nagarik News
11h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#अमेरिकी #अमेरिका
Compare →
Ekantipur
1d ago
जेन्सेन हुआङ प्रकरण किन चर्चामा छ ? यसले अमेरिकालाई कस्तो हानी गर्नसक्छ ?

जेन्सेन हुआङ प्रकरण किन चर्चामा छ ? यसले अमेरिकालाई कस्तो हानी गर्नसक्छ ?

जेन्सनको विवादस्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसद्हरुले उनको कडा विरोध गरेका छन् । अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुनसक्ने चिन्ता उनीहरुको छ

#अमेरिकी #अमेरिका
Compare →

Related Stories

World News
Build #2612