काठमाडौं । संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युवाका प्रतिनिधिबीच चर्काचर्की भएको छ । अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।
संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा अमेरिकी राजदूत वल्ट्जले क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शासनकालमा हजारौं समलिंगी, इसाई, अफ्रिकी मूलका क्युबाली र अन्य नागरिकलाई यातना शिविरमा पठाइएको आरोप लगाए ।‘त्यही सरकारले उनीहरूको सम्पत्ति खोस्यो र जबरजस्ती श्रम गराएर नाफा कमायो,’ उनले भने ।
Read full story at source ( kendrabindu.com )