Statistics will appear after play begins.
Statistics will appear after play begins.
Statistics will appear after play begins.
Partnerships will appear after play begins.
११ कात्तिक, काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। पोखराले बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो खेल खेल्नुअघि ३१ वर्षीय समराविक्रमलाई टोलीमा भित्र्याएको हो। उनको आगमनले टोलीको ब्याटिङसँगै विकेटकिपिङ…
पोखरा यसपटक सुरुवातदेखि नै लय समात्ने लक्ष्यमा हुनेछ। अर्कोतर्फ, पहिलो खेलमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम हारबाट माथि उठ्दै प्रतियोगितामा फर्कन चाहन्छ।
कर्णालीको जितमा युवा बलर युनिशले निर्णायक भूमिका खेले। उनले जनकपुरका कप्तान हर्मीत सिंह र जिमी नीशमजस्ता प्रमुख ब्याटरलाई आउट गर्दै खेल कर्णालीको पक्षमा मोडे।
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई टाइटल स्पोन्सर बनाएको छ। मंगलबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्स र द शाहंशाह अपार्टमेन्टबीच प्रायोजन सम्झौता भएको हो। सम्झौतापत्रमा अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र…
९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा उपस्थित प्रधानमन्त्री बालेन्द्र शाह, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर…
बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो ।
आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ ।
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली…
८ कात्तिक, काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई टिममा भित्र्याएको छ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणक लागि कर्णालीमा अनुबन्ध भएका ब्याटर शुभको हातमा चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले…
८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका बायाँहाते ब्याटर साम हिजलेटले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। हिजलेटले गत संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए। यसपटक उनी टोली परिवर्तन गर्दै काठमान्डुमा आबद्ध भएका हुन्। हिजलेटले अस्ट्रेलियाको घरेलु…
८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। ३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी…
हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन् ।
Pokhara Avengers 2026 NPL- Nepal Premier League 2026
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् ।
एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, कन्सर्टमार्फत क्रिकेटलाई संगितसँग जोड्ने जस्ता फरक खालका गतिविधिले पनि पोखरा चर्चामा आइरहेको छ ।
यस्तै जेसन रोय, जिमी निशम जस्ता स्टार विदेशी खेलाडी अनुबन्ध गर्दै विगतमा पनि पोखरा एभेन्जर्सको चर्चा भएको थियो ।
सन् २०२२ मै क्यानले आयोजना गरेको नेपाल टी२० लिग खेलेको पोखरा सन् २०२४ देखि सुरु भएको एनपीएलमा महँगो फ्रेन्चाइजको रुपमा भित्रिएको हो ।
विगतका दुवै सिजनमा पोखराले राम्रो टिम बनाएपनि प्लेअफमा पुग्न सकेन । पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।
तेस्रो सिजनका लागि पोखराले कप्तान भुर्तेलसहति कोर टिमलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकदेखि विदेशी खेलाडी अनी अन्य व्यवस्थापन पक्षलाई परिवर्तन गरेको छ ।
पोखराले तेस्रो सिजनका लागि कप्तान भुर्तेलसँगै दिनेश खरेल, अर्जुन कुमाल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री र किरण ठगुन्नालाई रिटेन गरेको छ ।
यस्तै अक्सनबाट अर्जुन घर्ती, सुदिप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई अक्सनबाट अनुबन्ध गरेको छ ।
पोखराले तेस्रो सिजनको एनपीएलका लागि कोर टिमलाई रिटेन गरेको छ । कप्तान भुर्तेलसहित पहिलो सिजनदेखि नै टिममा रहेका सागर ढकाल, दिनेश खरेल,आकाश चन्द, विपिन खत्री र किरण ठगुन्ना तेस्रो सिजनसम्म पनि निरन्तर टिममा छन् ।
यस्तै दोस्रो सिनज अक्सनबाट अनुबन्ध भएका युवा ब्याटर अर्जुन कुमाल तेस्रो सिजनमा रिटेन भएका छन् । दोस्रो सिजन आइकोनिक प्लेअरको रुपमा ट्यालेन्ट हन्टबाट छनोट भएका सुदिप अर्याललाई तेस्रो सिजन अघि रिलज गरेपनि अक्सबाट पुन: टिममा अनुबन्ध गरेको छ ।
ब्याटर तृतराज दासलाई रिलिज गरेको पोखराले विकेटकिपर अर्जुन घर्तीलाई तेस्रो सिजनअघि टिममा भित्र्याएको छ ।
विशेषगरी पोखराले ओपनर देखि टप अर्डका खेलाडी रिटेन गरेको छ भने दुई स्पीनर र एक मिडियम पेसर रिटेन भएका छन् । अक्सनबाट विकेटकिपर पनि भित्र्याएको पोखराका लागि अब बाँकी पोजिसनमा विदेशी खेलाडीमा ध्यान दिनेछ ।
अजन्था मेन्डिस र शकिबको आगमनले उत्साह
पोखराले अहिलेसम्म ६ मध्ये पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा पोखराले बंगलादेशका विश्वचर्चित अलराउण्डर शाकिब अल हसनलाई भित्र्याउँदै चर्चा बटुलेको छ भने श्रीलंकन अलराउण्डर धनन्जय लक्षणलाई पनि निरन्तरता दिएको छ ।
शाकिबको आगमनले पोखराको मिडर अर्डर ब्याटिङ र स्पीन बलिङ बलियो बन्नेछ भने ब्याटिङ अलराउण्डर धनन्जयले पनि मिडल अर्डरमा ब्याटिङमा साथ दिनेछन् भने आवश्यक पर्दा मिडियम पेस बलिङ पनि गर्नेछन् । चमिका करुणारत्ने पनि बलिङ अलराउन्डरका रूपमा छन् ।
महेदी हसन पनि अलराउन्डरका रूपमा छन् भने मोहम्मद सैफुद्दिन बलिङ अलराउन्डरका रूपमा छन् ।
कप्तान कुशल सहित दिनेश र अर्जुन कुमाल, अर्जुन घर्ती, शकिब र धनन्जयले पोखराको ब्याटिङ डेप्थलाई बढाएको छ । त्यसमा हार्ड हिटर किरण ठगुन्ना पनि छन् ।
पोखराले अझै ४ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । विदेशी खेलाडीको अनुबन्ध पछि टिम कम्बिनेसन कस्तो बन्छ थाहा हुनेछ । अहिलेको अवस्थामा पोखरालाई प्रोपर विदेशी पेस बलरको आवश्यकता देखिन्छ । राम्रो फिनिसिङ गर्ने विदेशी खेलाडी भित्रिए टिमको सन्तुलत अझ राम्रो हुनेछ ।
पोखरामा अलराउण्डरहरु धेरै भएकोले विशेषज्ञ विदेशी ब्याटर अनुबन्ध भएमा बलिङमा पनि धेरै विकल्प हुनेछ । किनभने कप्तान कुशल देखि दिनेश खरेलले स्पीन बलिङ गर्न सक्छन् । शाकिब सागर विपिन स्पीनरको रुपमा छन् ।
रिटेन खेलाडी : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना अक्सनमा अनुबन्ध खेलाडी : अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य विदेशी खेलाडी : शाकिब अल हसन, धनन्जय लक्षण, चमिका करुणारत्ने, महेदी हसन, मोहम्मद सैफुद्दिन मुख्य प्रशिक्षक : अजन्था मेन्डिस सहायक प्रशिक्षक : रिजन प्रजु