Trending
Prev Story
Next Story

चम्कियो चितवन, कसिलो कर्णाली

Ekantipur •
October 28, 2026 • 01:00 AM
1
1 reads 0 reactions

एनपीएलमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकाल्दा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो।

चम्कियो चितवन, कसिलो कर्णाली

एनपीएलमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकाल्दा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो।

हिमेश , विनयज्योति सापकोटा , विनोद पाण्डे , नायक पौडेल

काठमाडौँ — वेस्ट इन्डिजका आन्द्रे रसेलले दर्शकलाई रोमाञ्चक बनाउँदै १७ बलमा ३३ रन जोडे पनि विराटनगर किंग्सको तल्लो क्रम सम्हालिन नसक्दा एनपीएलमा मंगलबार चितवन राइनोजसँग ८ रनले पराजित भोगेको छ ।

कमलसिंह ऐरी र रिजन ढकालले बलिङमा राम्रो साझेदारी गरेपछि चितवनले नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गरेको हो । कमलले ४ विकेट लिए भने रिजनको नाममा २ विकेट रह्यो ।

पहिलो इनिङ्समा राम्रो सुरुआत गरेको चितवनका देव खनाल र डेविड मलानले ५८ रनको अर्धशतकीय साझेदारी गरेका थिए । आठौं ओभरको अन्तिम बलमा देवलाई चरिथा अशलंकाले लोकेश बमबाट स्टम्पिङ गराए । देवले १५ बलमा १२ रन जोडेका थिए । अर्जुन साउद ३ रनमै एन्जेलो म्याथ्युजको सिकार बने ।

रवि बोपारा र डेविड मलानले ११ रनको मात्रै साझेदारी गर्न सके । एनपीएलका हाइप्रोफाइल खेलाडी आन्द्रे रसेलले डेविडलाई ७० रन बनाएको अवस्थामा बोल्ड गरिदिए । तर यतिबेला चितवनको खातामा ९० रन पुगिसकेको थियो । जहाँ ५० बल खेलेका डेविडले ५–५ छक्का र चौका प्रहार गरेका थिए ।

खेलमा कप्तानीको जिम्मेवारी पाएका रवि बोपाराले भने २६ बलमा अविजित ३२ रनको योगदान गरे । डान मुस्लेको नाममा पनि २९ रन रह्यो । यससँगै चितवनले तीन विकेट क्षतिमा एक सय ५७ रन बनाएको हो ।

जवाफमा विराटनगरले उत्कृष्ट ओपनिङ गर्‍यो । लोकेश बमले १४ बलमै २६ रन बनाए । यसक्रममा उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । चारिथ अशलंका भने ८ रनमै पेभेलियन फर्किए । विराटनगरको पहिलो विकेट रन्जित कुमारको नाममा रहँदा दोस्रो विकेट मुस्लेले लिए ।

क्रिजमा सेट भइसकेका इमरान शेख ३१ बलमा ३९ रन बनाएर आउट भए । इमरानसँग उनको साझेदारीलाई मौसम ढकालले विवेक यादवको हातबाट क्याच गराएर तोडे । बसिर अहमद १३ बलमा १३ रन बनाएर आउट भए । कमल ऐरीले सिधा स्टम्पमा प्रहार गर्दा उनलाई बोल्ड गरेका हुन् । यससँगै विराटनगर ब्याकफुटमा पुगेको थियो । त्यसपछि रसेलको लगातार बाउन्ड्री प्रहारले विराटनगर समर्थकलाई उत्साही बनाएको थियो । उनले १५ र १६ औं ओभरमा विराटनगरलाई लयमा फर्काए । रसेलले एक चौका र चार छक्कासहित ३३ रन बनाएका थिए । उनी कमलको बलमा देव खनालबाट क्याचआउट हुन पुगे । त्यसपछि पनि कमलले २ विकेट थप्दै विराटनगरको तल्लो क्रमको ब्याटिङ धराशायी बनाए । एन्जेलो म्याथ्युजलाई १४ रनमा पवेलियन फर्काएका कमलले पहिलो बल सामना गरेका रुपेश सिंहलाई पनि आउट गरे ।

रिजन ढकालले प्रतिश जिसीलाई गोल्डेन डक गराएपछि खेल रोमाञ्चक फिनिसको अवस्थामा पुगेको हो । अन्तिम १० बल बाँकी रहँदा २ विकेट मात्रै हातमा भएको विराटनगरलाई १६ रन आवश्यक थियो । तर रिजनले कप्तान सन्दीप लामिछानेलाई बोल्ड गरिदिए ।

अर्को बलमा देवले नरेन साउदको क्याच मिस गरे पनि अन्तिम २ बल बाँकी रहँदा टम टेलरले शुभम् रन्जानेलाई बोल्ड गरेर खेल चितवनको पोल्टामा पारेका हुन् । यससँगै नाटकीय खेलमा जित निकालेर चितवनले पहिलो २ अंक सुरक्षित गरेको थियो ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले खेल पूर्णतः आफ्नो नियन्त्रणमा रहेर पनि गुमाएपछि निराशा पोखेका छन् ।

जितका लागि १ सय ५८ रन लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय ४९ अलआउट भयो । पोस्टम्याच कन्फ्रेन्समा सन्दीपले भने, ‘जे भयो, त्यो हुनु नपर्ने थियो । खेल सुरुदेखि अन्त्यसम्म हाम्रो नियन्त्रणमै थियो । तर हामीले अन्तिम ५ विकेट निकै सस्तोमा गुमायौं ।’

सन्दीपले थपे, ‘आजको खेलबाट हामीले धेरै सिक्नुपर्छ । जतिबेलासम्म खेल सकिन्न, त्यतिबेलासम्म जित्छौं भनेर ढुक्क हुन सकिँदैन भनेको यही हो । आजको पिच खासै सजिलो पनि थिएन । तर हाम्रा ब्याटरको केही शट खेल्ने निर्णय सही रहेन । अब हामीले सकारात्मक भएर अगाडिका खेल खेल्नुपर्नेछ ।’

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीपले चितवनले राम्रो खेलेको भन्दा पनि आफ्नो टिमले खराब खेलेको विश्लेषण सुनाए ।

चितवनबाट उत्कृष्ट बलिङ प्रदर्शन गर्दै प्लेयर अफ द म्याच भएका कमलसिंह ऐरी आफ्नो टिमको जितमा खुसी भए । उनले पिचले आफ्नो टिमलाई सहयोग गरेको सुनाए ।

उनले भने, ‘हामीले आफ्नो योजनाअनुसार बलिङ गर्न सक्यौं । बलिङका क्रममा केही दबाब पनि भयो, तर अनुशासित ढंगले बलिङ गर्‍यौं जस्तो लाग्छ ।’ उनले विश्वका स्टार खेलाडीलाई आउट गर्नु आफ्ना लागि स्मरणीण क्षण भएको सुनाए । उनी ४ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ भएका हुन् ।

सानो स्कोर बनाए पनि कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा मंगलबार दोस्रो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनले नतिजा निकाल्दै विजयी सुरुआत गरेको छ ।

१ सय ३३ रनको लक्ष्य पाएको जनकपुर १९.३ ओभरमा १ सय १३ रनमा अलआउट हुन पुग्यो । पहिलो सिजनको विजेता जनकपुरले अन्तिम ६ विकेट १९ रनमै गुमाएको थियो । देव्रे हाते स्पिनर युनिसविक्रम सिंह ठकुरीले ३ विकेट लिएर खेल पल्टाएका थिए । उनले १४ औं ओभरमा जनकपुर कप्तान हरमित सिंहलाई १९ रनमा कट एन्ड बोल्ड गरे । युनिसले १६ औं ओभरमा अर्को निर्णायक जस्तै बलिङ गरे । उक्त ओभरमा उनले लगातार बलमा जिम्मी निसम र आदित्य महतालाई आउट गरेपछि जनकपुरको नियन्त्रणमा रहेको खेल कर्णालीले आफ्नो पक्षमा ल्याएको थियो ।

माथिल्लोक्रममा तृतराज दास १, मयन यादव १४, अनिल साह ११ र कुशल परेरा ६ रनमा आउट भए । तल्लोक्रममा ब्याटिङ गरेका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । उनले १७ बल खेल्दै २ छक्का प्रहार गरेका थिए । ललित राजवंशी १ रनमै नन्दन यादवबाट बोल्ड भए ।

कर्णालीबाट युनिस र पाकिस्तानी खेलाडी हुसैन तलातले ३–३ विकेट लिए । युनिसले ४ ओभरमा १ मेडन राख्दै २२ र तलातले ४ ओभरमा २६ रन खर्चे । नन्दन यादवले २.३ ओभरमा १३ रनमा २ तथा कप्तान सोमपाल कामीले १ विकेट लिएका थिए ।

यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सकेको थियो । ओपनर मार्क वाटलाई १ रनमै गुमाएको कर्णालीबाट अर्का ओपनर आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बल खेल्दै ४ छक्का प्रहार गरे ।

दीपक डुम्रे २ छक्का प्रहार गर्दै १३, तलात ३, अकबर अली १, गुलशन झा १२, सोमपाल १ रनमा आउट भए । पवन सर्राफले ३७ बल खेल्दै ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । नन्दन १० रनमा आउट भए । जनकपुरबाट पहिलो पटक खेलिरहेका कप्तान हरमितले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चे । मोइन अली र राहुल यादवले २–२ तथा ललित राजवंशीले १ विकेट लिए ।

मैदान उत्रिए पाकिस्तानी स्पिनर तलात

जनकपुर बोल्ट्सविरुद्ध नेपाल प्रिमियर लिग तेस्रो सिजनको मंगलबारको खेलमा हुसेन तलात कर्णाली याक्सको सुरुआती रोजाइमा पर्नु कम अचम्मको थिएन । यसको मुख्य कारण थियो पाकिस्तान क्रिकेट बोर्डको नो अब्जेक्सन लेटरसम्बन्धी नियमका कारण पाकिस्तानी क्रिकेट खेलाडीको प्रतियोगितामा खेल्ने सम्भावना लगभग समाप्त भइसकेको थियो ।

फ्रेन्चाइज लिगमा सहभागी हुने प्रत्येक विदेशी खेलाडीले आ–आफ्नो क्रिकेट बोर्डबाट नो अब्जेक्सन लेटर लिन अनिवार्य हुन्छ । पाकिस्तानी बोडले आफ्ना खेलाडीलाई विदेशमा खेल्न अनुमति दिन थप २५ हजार अमेरिकी डलर तिर्नुपर्ने सर्त राखेको थियो । परिणामस्वरूप, मंगलबार सातमध्ये ६ पाकिस्तानी खेलाडीले आ–आफ्ना फ्रेन्चाइज टोलीका लागि खेल्न पाएनन् ।

एनपीएल सिजन ३ का लागि तीन फ्रेन्चाइज टिमले सात पाकिस्तानी क्रिकेट खेलाडीसँग सम्झौता गरेका थिए । तर प्रतियोगिताको नियमका कारण चितवनले आफ्ना तीन पाकिस्तानी खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई खेलाउन पाएनन् । इफ्तिखर अहमद र हुनाइन शाहलाई अनुबन्ध गरेको जनकपुरले कर्णालीविरुद्धको खेलमा ती पाकिस्तानी जोडीलाई वैकल्पिक खेलाडीका रूपमा राख्नुपरेको थियो ।

यता कर्णाली याक्सले भने तलातलाई मैदानमा उतारेको थियो । कर्णालीले दुई पाकिस्तानी खेलाडी तलात र पाकिस्तानी टी–२० कप्तान साहिबजाद फरहानलाई अनुबन्ध गरेको थिया । नो अब्जेक्सन लेटरसम्बन्धी चिन्तापछि आएको निर्णयअनुसार फरहान श्रीलंका भ्रमणको ओडीआई टोलीमा परेपछि काठमाडौंबाटै फर्किएका थिए । यही कारणले गर्दा टोलीमा तलातको समावेश अचम्मको विषय बनेको थियो । कर्णालीका एक अधिकारीले नाम नखुलाउने सर्तमा कान्तिपुरलाई भने, ‘हामीले तलातका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्‍यौं । यदि कुनै क्रिकेट बोर्डको आफ्ना खेलाडीका लागि नियम बनाएको छ भने त्यसको पालना हुनुपर्छ । हामीले त्यसको पालना गर्‍यौं र तलातलाई लागि खेलायौं ।’

त्यसको अर्थ तलातका लागि २५ हजार अमेरिकी डलरको शुल्क पीसीबीलाई भुक्तानी गरिएको थियो । अरू खेलाडीबारे अहिलेसम्म कुनै निर्णय बताइएको छैन । जनकपुरविरुद्ध तलातले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्नु भने अर्को पाटो रह्यो । उनले १४ बलमा ३ रनमात्र बनाए । तर बलिङमा भने आफूलाई प्रमाणि गरेका छन् । उनले एकै ओभरमा मोइन अली र कुशल परेरालाई आउट गरे र अन्तिममा अभिषेक तिवारीको पनि विकेट लिएका थिए ।

यता, पाकिस्तानी खेलाडीहरूको नो अब्जेक्सन लेटर अस्वीकृत वा रद्द गरिएको यो पहिलो पटक भने होइन । विश्वभरका अन्य फ्रेन्चाइज प्रतियोगितामा पनि यस्तै किसिमका समाचार भएका छन् ।

एनपीएलमा पनि यो दोहोरिएपछि एउटा प्रश्न अझै बाँकी छ, के अन्य टिमले जोखिम मोलेर पाकिस्तानी क्रिकेट खेलाडीलाई अनुबन्ध गर्नुपर्छ ? पीसीबीले खेलाडीको फिटनेस जोगाउन, तीव्र गतिका बलरको कार्यभार व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय शृंखलाअघि चोटपटक लाग्नबाट बचाउन यस्तो उपाय प्रयोग गर्ने गरेको छ । यसले पीएसएलको व्यावसायिक विशिष्टता सुरक्षित राख्छ ।

यस्तै घरेलु प्रतियोगिताका लागि शीर्ष प्रतिभाहरू उपलब्ध रहेको सुनिश्चित पनि गर्छ । तर एनपीएल जस्ता प्रतियोगितामा पाकिस्तानी खेलाडीसँग सम्बन्धित यो समस्या बारम्बार दोहोरिरहने हो भने फ्रेन्चाइज टिमले अब बढी लचिलो नीति भएका बोर्डका खेलाडीलक्षित गर्न सक्नेछन् ।

यहाँ अर्को एउटा फराकिलो प्रश्न पनि छ । विशेष गरी विदेशी खेलाडीको हकमा अन्तिम समयमा खेलाडी परिवर्तन गर्नुपर्दा तिनलाई कति धेरै नोक्सानी हुन्छ त ? यसको उत्तर गाह्रो छ । राइनोजद्वारा अनुबन्धित तीन पाकिस्तानी खेलाडी मिर, अली र नवाज फर्किनुपरेपछि चितवनले मंगलबार तीन नयाँ खेलाडी अनुबन्ध गरेको थियो । त्यसमा डेविड मलान, डान मुस्ले र टम टेलर थिए । राइनोजका नयाँ अनुबन्धित खेलाडी विमानस्थलबाट सिधै कीर्तिपुर मैदान आइपुगेका थिए । ती तीनै जनाले उत्कृष्ट प्रदर्शन गर्दै राइनोजलाई यस सिजनको पहिलो खेलमा जित दिलाउन मदत गरेका थिए ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #चितवन #कर्णाली
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #चितवन #कर्णाली
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #चितवन #कर्णाली
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2612