Trending
Prev Story
Next Story

लाजियो फेरि शीर्षमा

Ekantipur •
October 28, 2026 • 01:00 AM
1
1 reads 0 reactions

मंगलबारको जितसँगै लाजियोले नौ खेलबाट २५ अंक जोड्यो भने रातो कार्डपछि ससुलो दस खेलाडीमा सीमित भयो ।

लाजियो फेरि शीर्षमा

मंगलबारको जितसँगै लाजियोले नौ खेलबाट २५ अंक जोड्यो भने रातो कार्डपछि ससुलो दस खेलाडीमा सीमित भयो ।

काठमाडौँ — लाजियोले इटालीको सिरी ए मा मंगलबार ससुलोलाई ६–२ ले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । त्यसमा एक गोल रोमानो फ्लोरिनीले पनि गरे । उनी बेनिटो मुसोलिनीका पनाति हुन् ।

सिरी ए मा फ्लोरिनीको यो पहिलो गोल पनि हो । ससुलो खेलको अन्त्यमा दस खेलाडीा सीमित रहेको थियो । क्रिस्टियन थ्रोस्भेट्ड रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

अन्य खेलमा एएस रोमाले कागलिरीलाई ४–२ र कोमोले टुरिनोलाई ३–१ ले हरायो । लाजियो नौ खेलबाट २५ अंकमा पहिलो स्थानमा छ ।

इन्टर मिलान २२ अंकमा दोस्रो स्थानमा रहेको छ । त्यसपछि रोमा २१ र कोमो २० अंकमा शीर्ष चार भित्र रहेका छन् ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612