Trending
Prev Story
Next Story

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

Ekantipur •
October 15, 2026 • 01:03 PM
1
1 reads 0 reactions

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ।

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ।

वीरेन्द्रनगर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष कर्णालीमा चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिने जनाएको छ। त्यसका लागि कम्पनीले गत वर्ष २१ वटा रहेको वितरण केन्द्रको संख्या बढाएर यस वर्ष ८१ पुर्‍याएको छ।

चाडपर्वअघि नै अधिकांश वितरण केन्द्रमा खाद्यान्न पुर्‍याएर मौज्दात राखिएको कम्पनीको कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।

कार्यालयका अनुसार मुगुको मुगुम कार्मारोङको एउटा स्थान र बाजुराको मुक्तिकोटमा बाटो अवरुद्ध भएकाले खाद्यान्न पठाउन सकिएको छैन। अन्य जिल्लाका वितरण केन्द्रमा भने खाद्यान्न पुर्‍याइएको छ। स्थानीय उत्पादनले वर्षभरको माग धान्न नसक्ने माथिल्लो कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा समेत चाडपर्वअघि नै खाद्यान्न पुर्‍याइएको कार्यालय प्रमुख केशवराज बुढाले बताए।

चाडपर्वका बेला खाद्यान्नको माग बढ्ने, ढुवानी प्रभावित हुने र मूल्यवृद्धिको जोखिम रहने अवस्थालाई ध्यानमा राखेर यस वर्ष आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए। विगतका वर्षमा साउनमा खुल्ने टेन्डर यस वर्ष जेठमै खोलिएको थियो। टेन्डर प्रक्रिया छोट्याइएकाले समयमै सबै जिल्लामा खाद्यान्न पुर्‍याउन सकिएको कार्यालयको भनाइ छ।

हिमाली जिल्ला हुम्लामा दसैंअघि नै खाद्यान्न पुर्‍याइएको छ। सिमकोट शाखा तथा सर्केगाड र श्रीनगर डिपोमा समेत खाद्यान्न मौज्दात राखिएको छ। कम्पनीले जिल्लाका सदरमुकाममा सीमित वितरण प्रणालीलाई गाउँबस्तीसम्म विस्तार गर्ने उद्देश्यले वितरण केन्द्रको कोटा बाँडफाँट गरी बिक्रीवितरणलाई विकेन्द्रित गरेको बुढाले बताए। ‘थोरै ठाउँबाट वितरण हुँदा नागरिकले गुनासो गरेपछि स्थानीयको मागअनुसार वितरण केन्द्र बढाइएको हो,’ उनले भने। यसअघि चाडपर्व लक्षित सुपथ मूल्यका बिक्री केन्द्र सञ्चालन हुँदै आएकामा यस वर्षदेखि तिनलाई वर्षैभरि सञ्चालनमा ल्याइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार हुम्लामा १३, मुगु, डोल्पा र जाजरकोटमा १२/१२, जुम्लामा सात, कालीकोटमा १४, दैलेखमा चार, रुकुम पश्चिममा पाँच र सुर्खेतमा दुईवटा वितरण केन्द्र सञ्चालनमा छन्। ती केन्द्रबाट खाद्यान्न ढुवानी तथा बिक्रीवितरण भइरहेको छ।

चाडपर्वका लागि सुर्खेतस्थित प्रादेशिक कार्यालयमा पनि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मौज्दात राखिएको छ। कार्यालय प्रमुख बुढाका अनुसार यहाँ १३ हजार क्विन्टल चामल, ६४० क्विन्टल दाल, ४० हजार लिटर तेल र ४५० क्विन्टल चिनी मौज्दात छ। आवश्यक परे अन्य कार्यालयबाट समेत आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरिएको उनले बताए। कर्णालीमा सहुलियत दरमा खाद्यान्न बिक्रीका लागि यस वर्ष एक करोड ४० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#कर्णाली
Compare →
Onlinekhabar
17h ago
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध …

#अभाव
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली
Compare →
Bizshala
1d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#खाद्यान्न
Compare →

Related Stories

National (Nepal)
Build #2611