Trending
Prev Story
Next Story

श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय

Nagarik News •
October 17, 2026 • 03:05 AM
1
1 reads 0 reactions

श्रीमानको हत्या गरी सर्पबाट डसाउन लगाउने रविता र उनका प्रेमी अमरदीपलाई घटनाको ५४७ दिनपछि मेरठ जिल्ला अदालतले मृ*त्युदण्डको सजाय सुनाएको छ।

श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय

श्रीमानको हत्या गरी सर्पबाट डसाउन लगाउने रविता र उनका प्रेमी अमरदीपलाई घटनाको ५४७ दिनपछि मेरठ जिल्ला अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

शुक्रबार सजाय सुनाउनुअघि अदालतले रविता र अमरदीपको पक्ष भिडियो कन्फरेन्समार्फत सुनेको थियो। न्यायाधीशले दुवैलाई सोधे, ‘तिमीहरू दुवैलाई हत्याको दोषी ठहर गरिएको छ। तिमीहरू कस्तो सजाय चाहन्छौ?’

रविताले भनिन्, ‘मेरा तीन जना साना बच्चा छन्। उनीहरूको हेरचाह गरियोस्।’ त्यसपछि उनी चुप लागिन्।

त्यसपछि अमरदीपले भने, ‘मेरा आमाबुबा वृद्ध हुनुहुन्छ। उहाँहरूको सेवा गर्ने कोही छैन। उहाँहरूको हेरचाहमा कुनै कमी नहोस्।’

त्यसपछि दुवै जना भक्कानिएर रोएका थिए।

अतिरिक्त जिल्ला न्यायाधीश जयवीर सिंह नागरले ‘नीलो ड्रम हत्याकाण्ड’ को नाम नलिइ भने, ‘केवल काटेर मार्नु मात्र जघन्य अपराध होइन।’

फैसलामा न्यायाधीशले सती सावित्रीको प्रसङ्गसमेत उल्लेख गरे। उनले भने, ‘श्रीमानको दीर्घायुका लागि पत्नीले करवाचौथको व्रत बस्छिन्। तर यहाँ प्रेमीसँग मिलेर यस्तो कृत्य गरिएको छ, जुन क्षमायोग्य छैन।’

न्यायाधीशले यस घटनालाई विरलै हुनेमध्ये सबैभन्दा जघन्य अपराध (रेयरेस्ट अफ रेयर) मानेर मृत्युदण्डको सजाय सुनाए। त्यसपछि उनले आफ्नो पेन भाँचेर फ्याँकेका थिए।

फैसलापछि जेलमा रविता बेहोस भएकी थिइन्। वरिष्ठ जेल अधीक्षक डा. वीरेश राज शर्माका अनुसार रविता बिहानदेखि भोकै थिइन् र लगातार रोइरहेकी थिइन्। उनलाई ज्वरोसमेत आएको थियो। त्यसपछि औषधि दिइएको थियो।

मेरठ अदालतले पछिल्लो तीन दिनमा चार जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ। यसअघि अक्टोबर १४ मा ‘नीलो ड्रम’ घटनाकी मुस्कान र उनका प्रेमी साहिललाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो। सौरभ राजपूतका भाइ राहुल र उनकी आमा रेनु देवी पनि अदालत पुगेका थिए।

मृत्युदण्डको सजाय सुनाइएपछि शुक्रबार साँझ रविताको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनलाई उच्च ज्वरो आएको र उनी बेहोस भएको बताइएको छ।

जेल प्रशासनले चिकित्सकमार्फत औषधि उपलब्ध गराएर उनलाई निगरानीमा राखेको छ। वरिष्ठ जेल अधीक्षक डा. वीरेश राज शर्माका अनुसार रविता बिहानदेखि भोकै थिइन् र लगातार रोइरहेकी थिइन्। यही कारण उनको स्वास्थ्य अवस्था बिग्रिएको उनले बताए।

शनिबार बिहानदेखि रविता र अमरदीपको मनोसामाजिक परामर्श सुरु गरिने जनाइएको छ।

एसएसपीद्वारा मुद्दाको पैरवी गर्ने प्रहरी टोलीको प्रशंसा

एसएसपी बीबीजीटीएस मूर्तिले घटनामा प्रभावकारी कारबाही तथा मुद्दाको पैरवी गर्ने प्रहरी टोलीको प्रयासको प्रशंसा गरेका छन्।

उनले प्रहरी टोलीको सामूहिक प्रयासले न्यायिक प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुगेको बताए। साथै, मुद्दाको प्रभावकारी पैरवीमा संलग्न व्यक्तिहरूलाई २५ हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

मृत्युदण्डको फैसला सुनाउने न्यायाधीश जयवीर सिंह नागर को हुन्?

रविता र अमरदीपलाई मृत्युदण्डको सजाय सुनाउने न्यायाधीश एडीजे–१२ जयवीर सिंह नागर हुन्। उनी मूल रूपमा भारतको नोएडास्थित दुजाना गाउँका बासिन्दा हुन्।

उनले सन् २००६ मा मेरठको चौधरी चरण सिंह विश्वविद्यालयअन्तर्गत गाजियाबादस्थित एमएच कलेजबाट कानुनमा स्नातक (एलएलबी) गरेका थिए। त्यसपछि उनले प्रयागराजमा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरेका थिए।

सन् २०१० देखि २०१५ सम्म उनले मध्यप्रदेशको खरगोन र रीवा जिल्लामा सरकारी अभियोजकका रूपमा काम गरे। सन् २०१५ देखि २०२० सम्म उत्तर प्रदेशका रामपुर र बदायूँ जिल्लामा सरकारी अभियोजक रहे।

त्यसपछि सन् २०२० देखि २०२५ सम्म उनले गाजियाबाद र उन्नावमा अतिरिक्त जिल्ला न्यायाधीश (एडीजे) का रूपमा काम गरे। सन् २०२६ को अप्रिलदेखि उनी मेरठमा एडीजे–१२ को जिम्मेवारी सम्हालिरहेका छन्। एजेन्सी

प्रकाशित: १ कार्तिक २०८३ ०८:५० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
तिहार मनाउन घर आएका श्रीमान्को प्रेमीसँग मिलेर हत्या! ८ वर्ष कान्छा प्रेमीसँगको सम्बन्धले निम्त्यायो भयानक अपराध, १३ वर्षीया छोरीले खोलिन् हत्याको रहस्य!

तिहार मनाउन घर आएका श्रीमान्को प्रेमीसँग मिलेर हत्या! ८ वर्ष कान्छा प्रेमीसँगको सम्बन्धले निम्त्यायो भयानक अपराध, १३ वर्षीया छोरीले खोलिन् हत्याको रहस्य!

विवाहेत्तर सम्बन्धको विवादले भयावह रूप लियो, तिहार मनाउन घर आएका श्रीमान्को ज्यान गएको आरोप! आमाको गतिविधिबारे शंका लागेपछि १३ वर्षीया छोरीले प्रहरीसमक्ष पुर्‍याइन् महत्त्वपूर्ण जानकारी। घटनाले स्थ...

#हत्या #श्रीमान #प्रेमी
Compare →
Onlinekhabar
4d ago
सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

२२ कात्तिक, विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन झेराहाटको उद्योगमा मजदुरी गर्थे । तिहार मनाउन उनी आइतबार घर पुगे । तिहार मनाउन घर आएका बेला हत्या भयो । फलामको रड प्रहार गरी …

#हत्या #श्रीमान #प्रेमी
Compare →
Ekantipur
20h ago
ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

#हत्या #सजाय
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#हत्या
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#हत्या
Compare →

Related Stories

World News
Build #2611