Trending
Prev Story
Next Story

दसैंको मुखमा किन धमाधम युट्युबमा आए यी नेपाली फिल्म ?

Onlinekhabar •
October 17, 2026 • 04:33 AM
1
1 reads 0 reactions

नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन् । यसरी हलमा हरिबिजोग भएका फिल्मले युट्युबमा भने चमत्कार नै गर्छन् …

दसैंको मुखमा किन धमाधम युट्युबमा आए यी नेपाली फिल्म ?

नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन् । यसरी हलमा हरिबिजोग भएका फिल्मले युट्युबमा भने चमत्कार नै गर्छन् ।

जस्तोसुकै फिल्म होस्, युट्युबमा लाखौंले हेरिदिन्छन् । करोडौंले हेरिदिन्छन् ।

कहिलेकाहीँ मान्छेहरू कटाक्ष गरिरहेका हुन्छन्, ‘सित्तैमा पाएपछि हेर्छन् ।’ तर हामीकहाँ सिनेमा घरको पहुँच सबैतिर छैन । सीमित सहरी क्षेत्रमा मात्र सिनेमा हल छन् । त्यो पनि सीमित संख्यामा । यस्तो अवस्थामा कुनै पनि फिल्म हेर्न लामो यात्रा गरेर हलसम्म पुग्नु त्यति व्यावहारिक हुँदैन ।

यस्तो अवस्थामा युट्युबजस्ता प्लेटफर्म सहज माध्यम बनिदिन्छन् । र, यसैबाट देश–विदेशमा रहेका नेपालीमाझ फिल्म पुग्छन् । हातहातमै ।

हलमा जस्तो यसमा समयको पाबन्दी छैन । न अतिरिक्त बन्दोबस्तीको झन्झट । आफूलाई मन लागेको फिल्म खोजीखोजी हेरे पुग्छ ।

अब कुरा गरौं, भर्खर युट्युबमा सार्वजनिक भएका फिल्मबारे । दसैंको तिथि नजिकिएसँगै दर्जन हाराहारी फिल्म एकपछि अर्को गर्दै युट्युबमा आएका छन् ।

जनरा : एक्सन ड्रामा कलाकार : समीर भट्ट, विराज भट्ट, सनिशा भट्टराई निर्देशक : विराज भट्ट प्लेटफर्म : बुढासुब्बा डिजिटल

यो फिल्मको दोस्रो सिक्वेल अहिले हलहरूमा प्रदर्शन भइरहेको छ । यदि ‘१२ गाउँ’को पहिलो भाग छुटाउनुभएको छ भने धन्दा नमान्नुहोला । युट्युबमा तपाईंले सजिलै यो फिल्म हेर्न सक्नुहुनेछ । यो फिल्म कस्तो छ ? त्यो त तपाईंले हेरेर थाहा पाउनुहुनेछ । एक्सन रुचाउनुहुन्छ भने ‘१२ गाउँ’ तपाईंका लागि एउटा विकल्प हुन सक्छ । भनिहालौं, यो समीर भट्टको डेब्यु फिल्म हो, जुन ब्लकबस्टर भयो ।

जनरा : कमेडी कलाकार : सौगात मल्ल, अशिफ साह, गरिमा शर्मा निर्देशक : सिमोश सुनुवार प्लेटफर्म : म्युन इन्टरटेनमेन्ट

तपाईं कमेडी फिल्म रुचाउनुहुन्छ भने ‘जन्ते बाख्रो’ हेर्न सक्नुहुनेछ । दुई घण्टा १० मिनेट भरपुर मज्जा लिन सक्नुहुनेछ । सौगात मल्लका प्रशंसक हुनुहुन्छ भने उनले तपाईंलाई फिल्म अवधिभर बाँधेर राख्छन् । फिल्ममा हाँसो, मजाकसँगै सामाजिक जीवनका स–साना कुराहरू समेटिएका छन् ।

जनरा : सस्पेन्स, थ्रिलर कलाकार : पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी निर्देशक : ओम प्रतिक प्लेटफर्म : ओएसआर मुभिज

तपाईं सस्पेन्स थ्रिलर सिनेमा त पक्कै हेर्नुहुन्छ । अलिअलि रहस्य, अलिअलि डर । फिल्मले तपाईंको मनलाई स्थिर रहन दिँदैन । यो फिल्मले दुई घण्टा १८ मिनेटसम्म तपाईंलाई बाँधेर राख्छ । फिल्म प्रेम, विछोड र बदलाको कथामा आधारित छ ।

जनरा : सोसल ड्रामा कलाकार : प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी निर्देशक : नारायण रायमाझी प्लेटफर्म : नारायण रायमाझी

तपाईंहरूमध्ये कति परदेशमै हुनुहुन्छ । दसैंमा घर आउने मेलोमेसो नमिलेको हुन सक्छ । तपाईंको जस्तै बाध्यताको कथा समेटिएको फिल्म हो, ‘परदेशी–२’ । नारायण रायमाझीको यो फिल्म कथा र संगीत दुवैका लागि हेर्न सकिन्छ । उच्च शिक्षाका लागि विदेशिने नेपाली विद्यार्थी र वैदेशिक रोजगारीमा गएका युवाहरूको जीवनमा आउने चुनौती, भावना तथा परिवारसँगको विछोडको कथा फिल्ममा समेटिएको छ ।

जनरा : सोसल ड्रामा, कमेडी कलाकार : स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, रक्षा थापा, वसुन्धरा भुसाल निर्देशक : साजन काफ्ले र आकाश बराल प्लेटफर्म : ओएसआर मुभिज

तपाईं कमेडी फिल्मको दर्शक हुनुहुन्छ भने यो एउटा विकल्प हुन सक्छ । स्वस्तिमा खड्का, विजय बराललगायतको अभिनय रहेको फिल्मले तपाईंलाई दुई घण्टा आठ मिनेटसम्म मज्जाले मनोरञ्जन दिलाउनेछ ।

जनरा : सोसल ड्रामा कलाकार : विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी निर्देशक : सुदर्शन थापा प्लेटफर्म : ओएसआर मुभिज

तपाईंले ‘प्रसाद’ फिल्म हेर्नुभयो ? निकै रुचाइएको फिल्म थियो त्यो । सोही सफलतापछि निर्माण गरिएको फिल्म हो, ‘प्रसाद २’ । यो फिल्मले जातीय विभेद र पारिवारिक संघर्षलाई केन्द्रमा राखेर कथा बुनेको छ । अलि गम्भीर सामाजिक मुद्दा उठान गरेको फिल्म हेर्नुहुन्छ भने ‘प्रसाद २’ एउटा विकल्प हुन सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
12h ago
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ - गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा...

#फिल्म
Compare →

Related Stories

Technology
Build #2611