Trending
Prev Story
Next Story

कोहलपुरमा चार साहित्यकार पुरस्कृत

Onlinekhabar •
October 17, 2026 • 04:33 AM
1
1 reads 0 reactions

२४ असोज, काठमाडौं । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगञ्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा …

कोहलपुरमा चार साहित्यकार पुरस्कृत

२४ असोज, काठमाडौं । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।

शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगञ्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानले साहित्यिक योगदानको कदर गर्दै कुरेसी र आचार्यलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार, जोशी र चन्दलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका पूर्वप्रमुख प्राध्यापक डा. गोपालप्रसाद शर्माले चारै जना स्रष्टालाई दोसल्ला ओढाउँदै नगद पुरस्कार र सम्मानपत्रसहित सम्मानित गरेका थिए ।

समारोहमा उपस्थित साहित्यकारहरूले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । रचना वाचनसँगै पुरस्कार वितरण कार्यक्रमले साहित्यिक सिर्जना, प्रतिभा र स्रष्टाको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्दै साहित्यिक सिर्जना र प्रतिभा प्रोत्साहनमा योगदान पुर्‍याउँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
6d ago
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरेका हुन् ।

#साहित्यकार
Compare →

Related Stories

World News
Build #2611