Trending
Prev Story
Next Story

खल्तीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

Nagarik News •
October 27, 2026 • 02:06 PM
1
1 reads 0 reactions

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफू खल्ती प्रालिको कर्मचारी भएको बताउँदै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए।

खल्तीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

खल्ती डिजिटल वालेटको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई झुक्याएर बैंक तथा वालेट खाताबाट रकम ठगी गरेको आरोपमा भक्तपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको साइबर शाखाका अनुसार विद्युतीय माध्यमबाट भएको ठगीसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा सुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र ऋषि गंगा रहेका छन्। परिसरका डिएसपी दीपककुमार कार्कीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखिएको बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफू खल्ती प्रालिको कर्मचारी भएको बताउँदै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। यसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई झुक्याएर स्क्रिन सेयर गराउन लगाउने र खल्ती वालेट तथा मोबाइल बैंकिङको ओटिपि कोड लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यसपछि पीडितको बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्‍याई विभिन्न व्यक्तिका खातामा रकम स्थानान्तरण गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार केवाईसी अद्यावधिक गर्नुपर्ने, अद्यावधिक नगरे खाता बन्द हुने, बैंक खाता वालेटमा लिंक गरिदिने, व्यावसायिक खातामा रकम प्राप्त हुँदा आवाज आउने ई-स्पिकर उपलब्ध गराउने तथा फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बनाइदिने जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई सम्पर्क गर्ने गरिएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा प्रतिवादीहरूबाट बरामद भएका मोबाइल तथा सिम कार्डको परीक्षण गर्दा ठगीमा प्रयोग भएको आशंका गरिएका १८ वटा मोबाइल तथा ह्वाट्सएप नम्बर पहिचान गरेको जनाएको छ। प्रहरीले सर्वसाधारणलाई अपरिचित व्यक्तिलाई ओटिपि, पासवर्ड तथा बैंकिङ विवरण नदिन र शंकास्पद व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन सेयर नगर्नसमेत सचेत गराएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १९:५१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

२० कात्तिक, काठमाडौं । ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी …

#ठगी
Compare →
Hamro Patro News
1w ago
कर्मचारीलाई थर्काएर, तर्साएर होइन ‘मोटिभेट’ गरेर बाचा पूरा गर्न सक्छौँ : रवि लामिछाने

कर्मचारीलाई थर्काएर, तर्साएर होइन ‘मोटिभेट’ गरेर बाचा पूरा गर्न सक्छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्मचारीको साथबिना आफूहरूले गरेको बाचा पूरा गर्न नसकिने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई थर्...

#कर्मचारी
Compare →
Ekantipur
1w ago
चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

सामाजिक सञ्जालमा सस्तो सामानको विज्ञापन, अनलाइन रोजगारी र चिट्ठाको प्रलोभनमा परी २० देखि ४० वर्षका नागरिक बढी प्रभावित भएका छन्।

#ठगी
Compare →
Bizshala
1w ago
मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत...

#कर्मचारी
Compare →
Arthasansar
1w ago
विद्युत् प्राधिकरणमा राेजगारीकाे अबसर, ४०५ कर्मचारी माग

विद्युत् प्राधिकरणमा राेजगारीकाे अबसर, ४०५ कर्मचारी माग

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ४०५ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत अधिकृतस्तरका ८३...

#कर्मचारी
Compare →

Related Stories

Technology
Build #2611