Trending
Prev Story
Next Story

अवैध लागूऔषध सहित चार जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध …

अवैध लागूऔषध सहित चार जना पक्राउ

१० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।

मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बैसाली महुवा टोल बस्ने २५ वर्षीय बिर्जु  कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपि ६०७३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा १९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर्जु कुमार र गाडीमा सवार मन्जय कुमारलाई पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुखराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, धनुषाको शहिदनगर नगरपालिका–१ भगबन टोल बस्ने ४० वर्षीया प्रमिला देवी मण्डललाई अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्रमिलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाहरूबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
19h ago
गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छ...

#अवैध
Compare →
Ekantipur
1d ago
भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनामा ३ महिला, २ बालिकासहित १० जनाको मृत्यु

भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनामा ३ महिला, २ बालिकासहित १० जनाको मृत्यु

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।

#हेटौंडा #सहित
Compare →

Related Stories

National (Nepal)
Build #2612