Trending
Prev Story
Next Story

भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनामा ३ महिला, २ बालिकासहित १० जनाको मृत्यु

Ekantipur •
November 12, 2026 • 03:31 AM
1
1 reads 0 reactions

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।

भीमफेदीको चिसापानीगढीमा भएको दुर्घटनामा ३ महिला, २ बालिकासहित १० जनाको मृत्यु

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।

हेटौंडा — हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मृतकहरूमध्ये अधिकांश सर्लाही जिल्लाका रहेका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । काठमाडौंवाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ईभी गाडी सर्लाहीका यात्रु लिएर काठमाडौंवाट बिहीबार बिहान हिँडेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी पुगेर घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव हेटौंडा ल्याउँदै छन् । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट ८ किलोमिटर उत्तर पर्छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
9h ago
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी …

#भीमफेदी #दुर्घटना #चिसापानीगढी
Compare →
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ ...

#भीमफेदी #दुर्घटना #हेटौंडा
Compare →
Nagarik News
9h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#भीमफेदी #दुर्घटना
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#भीमफेदी #दुर्घटना
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2611