काठमाडौं– सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा विशेष अदालत, काठमाडौंमा दायर भएको छ।
गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशम कुमारी थापासहितको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नगरपालिका क्षेत्रभित्रका पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनबापतको राजस्व असुलीमा गैरकानुनी छुट दिएको र राजस्व कोषमा दाखिला नगरी हिनामिना गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )