काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन मंगलवारको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गरिरहेको छ ।
कर्णाली याक्सले पावर प्ले (६ ओभर) को समाप्तीमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ । कर्णालीका ओपनर मार्क वाट १ रनमा आउट भएका छन् । उनलाई मोइन अलीले राहुल यादवको हातबाट क्याच आउट गराएका हुन् ।
Read full story at source ( kalakarmi.com )