Trending
Prev Story
Next Story

सन्दीप भन्छन् : आफ्नै नियन्त्रणमा भएको खेल गुमायौं

Ekantipur •
October 27, 2026 • 11:30 AM
1
1 reads 0 reactions

विराटनगरले जित नजिक पुगे पनि चितवनविरुद्ध अन्तिम चरणमा लगातार विकेट गुमायो, जसलाई कप्तानले ब्याटरका गलत सट छनोटको परिणाम माने।

सन्दीप भन्छन् : आफ्नै नियन्त्रणमा भएको खेल गुमायौं

विराटनगरले जित नजिक पुगे पनि चितवनविरुद्ध अन्तिम चरणमा लगातार विकेट गुमायो, जसलाई कप्तानले ब्याटरका गलत सट छनोटको परिणाम माने।

काठमाडौँ — खेल पूर्णतः आफ्नो नियन्त्रणमा रहेर पनि त्यसलाई गुमाएपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले निराशा पोखेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको मंगलबार भएको खेलमा सन्दीपको विराटनगर चितवन राइनोजको हातबाट आठ रनले पराजित भएको हो ।

जितका लागि १ सय ५८ रन पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय ४९ अलआउट भएको हो । पोस्टम्याच कन्फ्रेन्समा सन्दीपले भने, ‘जे भयो, हुनु नपर्ने थियो । खेल सुरुदेखि अन्त्यसम्म हाम्रो नियन्त्रणमै थियो । तर हामीले अन्तिम पाँच विकेट निकै सस्तोमा गुमायौं ।’

उनले थपे, ‘आजको खेलबाट हामीले धेरै सिक्नुपर्छ । जति बेलासम्म खेल सकिन्न, त्यति बेलासम्म जित्छौं भनेर ढुक्क हुन सकिँदैन भनेको यही हो । आजको पिच खासै सजिलो पनि थिएन । तर हाम्रा ब्याटरको केही सट खेल्ने निर्णय सही रहेनन् । अब हामीले सकारात्मक भएर अगाडिको खेल खेल्नुपर्नेछ ।’

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका सन्दीपले चितवनले राम्रो खेलेको भन्दा आफ्नो टिमले खराब खेलेको पनि विश्लेषण पोखे । यस्तै, चितवनका कमल सिंह ऐरी आफ्नो टिमको जितमा खुसी भए र उनले पिचले आफ्नो टिमलाई सहयोग गरेको बताए ।

उनले भने, ‘हामीले आफ्नो योजनाअनुसार बलिङ गर्न सक्यौं । बलिङका क्रममा केही दबाब पनि भयो, तर अनुशासित ढंगले बलिङ गर्‍यौं जस्तो लाग्छ ।’ उनले चितवनका लागि महत्त्वपूर्ण चार विकेट लिए र ‘प्लेयर अफ द म्याच’ पनि भए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित आफ्नो प्राथमिकता रहेको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विके...

#विराटनगर #सन्दीप
Compare →
Nagarik News
19h ago
सन्दीपको पहिचान दिने खेल

सन्दीपको पहिचान दिने खेल

लगातार असफलताले आत्मविश्वास डगमगाउन सक्छ तर आफ्नो क्षमता माथिको विश्वास कायम राख्न सके सफलता टाढा हुँदैन।

#सन्दीप
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर #सन्दीप
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर #सन्दीप
Compare →

Related Stories

Sports
Build #2611