Trending
Prev Story
Next Story

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

Nagarik News •
October 27, 2026 • 10:31 AM
1
1 reads 0 reactions

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ।

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  शून्य दशमलव ३० अङ्कले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अङ्कले घटेर १८२ दशमलव ११ मा पुगेको छ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १६० दशमलव ६९ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर रु पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ।

उपसमूह १३ मध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो। आज १३५ कम्पनीको सेयर बढ्यो भने १३६ कम्पनीको सेयर घट्यो। त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युत्लगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: १० कार्तिक २०८३ १६:१६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ, २० कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगे...

#शेयर-बजार #दशमलव #अङ्क
Compare →
Arthasansar
1w ago
तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघि र यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । शुक्रबार...

#शेयर-बजार #परिसूचक #नेप्से
Compare →
Bizshala
1w ago
अन्य समूह उचालिँदा झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

अन्य समूह उचालिँदा झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा कायम भएको छ ।...

#शेयर-बजार #नेप्से #झिनो
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #परिसूचक
Compare →
Ekantipur
1w ago
नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

नेप्से ३ अंक बढ्दा कारोबार ३ अर्बमा सीमित

आजको बजारमा CREST र GCIL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612