Trending
Prev Story
Next Story

त्रिवि क्रिकेट मैदान जाने सबै बाटो कालोपत्र गरिने

Ekantipur •
October 27, 2026 • 11:00 AM
1
1 reads 0 reactions

तीन महिना भित्र कालोपत्र गर्नेगरी सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार ठेक्का आह्वान गरेको हो ।

त्रिवि क्रिकेट मैदान जाने सबै बाटो कालोपत्र गरिने

तीन महिना भित्र कालोपत्र गर्नेगरी सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार ठेक्का आह्वान गरेको हो ।

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला वरपरको सडक तीन महिना भित्र कालोपत्र गर्नेगरी ठेक्का आह्वान भएको छ । यसकालागि सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार ठेक्का आह्वान गरेको हो । द्रुत प्रक्रिया मार्फत ठेक्का सम्झौता गरेर काम अघि बढाइने सडक डिभिजन कार्यालय काठमाडौका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।

‘मुल बाटोबाट क्रिकेट मैदान जोड्ने विभिन्न बाटो गरी डेढ किलोमिटर सडक कालोपत्र गर्नेगरी ठेक्का आह्वान गरिएको हो,’ देवकोटाले भने । अहिले कच्ची सडक भएर धुलो उड्ने समस्या छ । त्यसैले ६ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएको प्रमुख देवकोटाको भनाई छ । ‘छिटो प्रक्रियामार्फत काम गर्नेगरी ठेक्का गरिएको हो, प्रतिस्पर्धामा सहभागि हुने निर्माण कम्पनीले तीन दिनसम्म बिड डकुमेन्ट किन्न पाइने र चौथो दिन १२ कात्तिकमा कम्पनीहरुले बिड डकुमेन्ट पेश गरीसक्नु पर्नेछ ।’

त्यसपछि ठेक्का खोलेर प्राविधिक र आर्थिक मुल्यांकनको काम अघि बढाइने उनले बताए । ‘सबै प्रक्रिया पुरा गरेर १५ देखि २० दिन भित्र छनौट भएको निर्माण कम्पनीसँग सम्झौता गरेर काम सुरु हुन्छ ,’ देवकोटाले भने, ‘सम्झौता भएको मितिले तीन महिना भित्र कालोपत्र गर्ने काम सक्नु पर्ने छ ।’ कालोपत्र सडक नहुँदा खेलाडी, नेपाल क्रिकेट संघबाट धुलो उड्ने गुनासो आएको र तत्काल यसको समस्या समाधानकालागि पानी हाल्ने व्यवस्था गरिएको उनको भनाई छ ।

‘अहिले मैदान वरपरको सडक राम्रो छैन, कालोपत्र भएपछि राम्रो देखिन्छ, मैदान पनि सुविधासम्पन्न बन्नेछ,’ देवकोटाले भने, ‘यो अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो, जुन मैदानमा अघिपछि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलहरू हुन्छन्, त्यसकालागि तीन महिना भित्र गरिने कालोपत्र सडकले सहज बनाउने छ ।’

उक्त मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चलिरहेको छ । यसको उद्घाटनमा प्रधानमन्त्री बालेन्द्र शाह, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पुगेका थिए ।

नेपालले बंगलादेशसँग मिलेर यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । जनवरी २३ (९ माघ) बाट सुरु हुने उक्त प्रतियोगिता नेपालले पहिलो पटक आयोजना गर्न लागेको हो । जुन प्रतियोगिता अन्तर्गतका अधिकांश खेलहरु कीर्तिपुरस्थित यसै मैदानमा हुने छन् ।

छिटो प्रक्रियाबाट सडक बनाउनेगरी ठेक्का आह्वान हुनु खुशीको कुरा रहेको नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले बताए । ‘अहिलेको सरकारले यो काम एकदमै छिटो गर्नेगरी अघि बढाएको छ,’ उनले भने, ‘हाम्रा लागि ठूलो खुसीको विषय हो, हाम्रो सिंगो टिम खुसी छ ।’ सडक डिभिजन कार्यालय काठमाडौंले सडकको अवस्था देखेर एनपीएल सुरु हुनु अघि ग्रावेल गरिदिएको पनि उनले सुनाए ।

‘अन्य मुलुकहरुमा मैदान बाहिरको सडक राम्रो हुन्छ, आवतजावत गर्न सहज हुन्छ । सडक डिभिजन कार्यालयका प्रमुख नै खेल सुरु हुनु अघि आएर आएर कहाँ–कहाँ र कति दूरीमा समस्या छ भनेर हेर्नु भयो,’ उपाध्यक्ष सिंहले भने, ‘त्यसपछि एनपीएल सुरु हुनु अघि एकै दिनमा ६० ट्रक ग्रावेल झारेर हिंड्न सजिलो बनाइएको छ ।’ उनका अनुसार मैदान बाहिरको बाटो राम्रो नहुँदा दर्शकलाई आवतजावत गर्न असहज थियो । ‘अब सडक कालोपत्र बनेपछि धेरै सहज हुने छ,’ उनले भने ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
चार वर्षमा पनि बनेन २ वर्षमा बन्नुपर्ने सडक

चार वर्षमा पनि बनेन २ वर्षमा बन्नुपर्ने सडक

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात...

#ठेक्का #गर्नेगरी
Compare →
Onlinekhabar
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#त्रिवि #क्रिकेट #मैदान
Compare →

Related Stories

Sports
Build #2612