Trending
Prev Story
Next Story

नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी

Nagarik News •
October 27, 2026 • 09:37 AM
1
1 reads 0 reactions

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रशासन कार्यालयको त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्दै चालु आवको तीन महिनाको अवधिमा गैरआवासीय नेपाली नागरिकता जारी नभएको जानकारी दिए।

नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिना अवधिमा तीन थान वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रशासन कार्यालयको त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्दै चालु आवको तीन महिनाको अवधिमा गैरआवासीय नेपाली नागरिकता जारी नभएको जानकारी दिए। प्रजिअ दाहालका अनुसार आव २०८२/८३ मा वैवाहिक अंगीकृत नागरिकता ९ थान र गैरआवासीय नेपाली नागरिकता ८ थान जारी भएका थिए।

प्रशासन कार्यालयले तीन महिनामा कार्यालय प्रयोजनमा प्रयोग हुने २ हजार ८११ थान विभिन्न किसिमका कागजातको प्रतिलिपि निःशुल्क उपलब्ध गराएको समेत जनाएको छ। अघिल्लो आवभरिमा प्रशासन कार्यालयले ९ हजार २५ थान यस्ता प्रकृतिका कागजातको प्रतिलिपि सेवाग्राहीलाई निःशुल्क रूपमा दिएको थियो।

प्रशासन कार्यालयका अनुसार तीन महिनाको अवधिमा २० जनालाई नेपाल–तिब्बत यात्रा अनुमति सिफारिस प्रदान गरिएको छ भने ३१ जनाले उक्त प्रकृतिको अनुमतिपत्र नवीकरण गरेका छन्। तीन महिनामा १० जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ भने १२ जनाले तिब्बती शरणार्थी परिचयपत्र नवीकरण गरेका समेत प्रशासन कार्यालयले जनाएको छ।

तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउने बढी देखिएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार वंशजका आधारमा ६ सय ७० थान नयाँ नागरिकता जारी हुँदा ६ सय ८८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।

तीन महिनाको अवधिमा राहदानीतर्फ ५ सय ३ जनाको साधारण र २० जनाको द्रुत सिफारिस गरिएको छ। तीन महिनामा ४ सय थान राहदानी वितरण गरिएको छ भने उक्त अवधिमै प्रशासन कार्यालयमा प्राप्त भएका ३ सय ३६ थान राहदानी वितरणको प्रक्रियामा रहेको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ।

अघिल्लो आवमा २ हजार २ सय जनाको राहदानीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिएको प्रशासन कार्यालयले चालु आवको तीन महिनामा ४ सय ९९ जनालाई यस्तो सेवा प्रदान गरेको समेत जनाएको छ।

प्रशासन कार्यालयका अनुसार तीन महिनामा प्रशासन कार्यालयमा भ्रष्टाचारसम्बन्धी एक थान मुद्दा दर्ता भएको छ भने अभद्र व्यवहारका ७ दर्ता मुद्दामध्ये ५ वटा मुद्दालाई किनारा लगाइएको समेत प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १५:२२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

२४ कात्तिक, काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ …

#नागरिकता #प्रतिलिपि #लिने
Compare →
Hamro Patro News
1w ago
आनीको नागरिकता छानविनको माग गर्दै सिडिओ कार्यालयमा पत्र

आनीको नागरिकता छानविनको माग गर्दै सिडिओ कार्यालयमा पत्र

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न मात्र गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ ।

#नागरिकता
Compare →

Related Stories

National (Nepal)
Build #2612