Trending
Prev Story
Next Story

कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ । ग्राहकले बैंकको आधिकारिकमा उपलब्ध …

कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

१० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ ।

ग्राहकले बैंकको आधिकारिकमा उपलब्ध आस्क मित्र आइकन मार्फत वा इमेल [email protected] मार्फत वा सिधै वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासो सम्बन्धी जिज्ञासा राख्न सक्ने बैंकले जनाएको छ ।

केएस मित्रमार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट, केवाईसीलगायतका जानकारी पनि लिन सक्नेछन् ।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि प्रदान हुनेछ ।

‘यदि ग्राहकले यसमार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ, जसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ’ बैंकले भनेको छ ।

यो सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयास अन्तर्गत केएस मित्र सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
वीरगञ्जमा ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ तालिम सम्पन्न, स्थानीय युवाहरूले बनाए अत्याधुनिक डिजिटल समाधान

वीरगञ्जमा ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ तालिम सम्पन्न, स्थानीय युवाहरूले बनाए अत्याधुनिक डिजिटल समाधान

वीरगञ्ज — मधेश प्रदेशको प्रमुख आर्थिक तथा औद्योगिक केन्द्र वीरगञ्जमा स्थानीय युवाहरूलाई लक्षित गरी सञ्चालित सघन “एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

#एआई #डिजिटल
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →
Ekantipur
6d ago
एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

#एआई
Compare →
Nagarik News
6d ago
प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

#एआई
Compare →

Related Stories

Business & Economy
Build #2611