Trending
Prev Story
Next Story

कर्जा लिने प्रक्रिया र ऋणीका अधिकार-दायित्वबारे राष्ट्र बैंकको सन्देश जारी

Hamro Patro News •
October 27, 2026 • 06:35 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कर्जा लिँदा अपनाउनुपर्ने चरणबद्ध प्रक्रिया, सिद्धान्त तथा ऋणीका अधिकार र दायित्वबारे एक आधिकारिक सन्देश सार्वजनिक गरेको छ। बचत अपर्याप्...

कर्जा लिने प्रक्रिया र ऋणीका अधिकार-दायित्वबारे राष्ट्र बैंकको सन्देश जारी

नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कर्जा लिँदा अपनाउनुपर्ने चरणबद्ध प्रक्रिया, सिद्धान्त तथा ऋणीका अधिकार र दायित्वबारे एक आधिकारिक सन्देश सार्वजनिक गरेको छ। बचत अपर्याप्त हुँदा पुँजी निर्माण वा उप भोगका लागि लिइने कर्जा सेवालाई व्यवस्थित र पारदर्शी बनाउन केन्द्रीय बैंकले यससम्बन्धी प्रक्रिया प्रष्ट्याएको हो। राष्ट्र बैंकका अनुसार कर्जा भनेको आज पैसा सापटी लिने, चलाएको अवधिको ब्याज तिर्ने र अवधिअनुसार वा अन्त्यमा एकै पटक पैसा फिर्ता गर्ने वित्तीय सेवा हो। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा मुख्य रूपमा नगद प्रवाह (Cash Flow), स्वपुँजी (Capital), चरित्र तथा विगतको वित्तीय इतिहास (Character), धितो तथा सुरक्षण (Collateral) र सर्तहरू, अधिकार तथा कर्तव्य (Conditions) गरी ५ वटा आधारभूत सिद्धान्त वा 5C’s लाई अवलम्बन गर्ने गरेका छन्।

कर्जा प्राप्त गर्ने प्रक्रियाअन्तर्गत पहिलो चरणमा आवेदकले बैंक वा वित्तीय संस्थाले तोकेको ढाँचामा कर्जा आवेदन फाराम भरी नागरिकता वा प्यान कार्डजस्ता पहिचान खुल्ने कागजात, सम्पत्ति, दायित्व, आम्दानीको प्रमाण तथा प्रक्षेपण र धितो रहने सम्पत्तिको सम्पूर्ण कागजपत्र पेस गर्नुपर्छ। यसरी प्राप्त आवेदनका आधारमा बैंकले व्यक्ति वा व्यवसायको कर्जा तिर्न सक्ने क्षमता, स्वलगानी, साख र धितो सुरक्षणलगायतका पक्षहरूको विस्तृत मूल्याङ्कन गर्ने गर्छ। मूल्याङ्कन सन्तोषजनक पाइएमा बैंकबाट कर्जा स्वीकृत गरिन्छ र आवेदकलाई प्रदान गरिने स्वीकृति पत्रमा कुल ऋण रकम, ब्याजदरको संरचना र सावाँ-ब्याज तिर्ने अवधिको तालिकालगायतका सर्तहरू स्पष्ट रूपमा उल्लेख गरिएका हुन्छन्। धितो र ग्यारेन्टीसम्बन्धी सम्पूर्ण कानुनी कागजी प्रक्रियाहरू पूरा भएपछि बैंक तथा वित्तीय संस्थाले एकै पटक वा आवश्यकता अनुसार पटकपटक गरी कर्जा रकम ऋणीको बैंक खातामा जम्मा गरिदिन्छन्। कर्जा प्रवाहपश्चात् बैंकले यसको सदुपयोगिताको नियमित निगरानी गर्ने हुँदा ऋणीले पनि समयमै कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नुका साथै आफ्नो कारोबार र हिसाबकिताबको नियमित पालना गर्नुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1w ago
विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

#कर्जा #राष्ट्र-बैंक
Compare →
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#वित्तीय #लिने #राष्ट्र-बैंक
Compare →
Onlinekhabar
1w ago
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा …

#कर्जा
Compare →
Nagarik News
1w ago
मध्यावधि चुनावमा हारपछि आक्रोषित ट्रम्प: मसँग ‘शक्तिशाली’ भिटो अधिकार छ

मध्यावधि चुनावमा हारपछि आक्रोषित ट्रम्प: मसँग ‘शक्तिशाली’ भिटो अधिकार छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटको समर्थनमा आउने विधेयक रोक्न आफ्नो ‘भिटोको अधिकार’ प्रयोग गर्ने बताएका छन्।

#अधिकार
Compare →

Related Stories

Business & Economy
Build #2612