Trending
Prev Story
Next Story

भारतसँगको व्यापार घाटा घटाउन संयुक्त पहल आवश्यक छ - अध्यक्ष श्रेष्ठ

Arthasansar •
October 16, 2026 • 12:42 PM
7
7 reads 0 reactions

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न...

भारतसँगको व्यापार घाटा घटाउन संयुक्त पहल आवश्यक छ - अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन, भन्सार प्रक्रिया सरल बनाउन र सीमावर्ती पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०२५/२६ मा नेपाल र भारतबीचको कुल द्विपक्षीय व्यापार करिब १०.१ अर्ब अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो । उक्त अवधिमा नेपालले भारततर्फ करिब १.७८ अर्ब अमेरिकी डलर बराबरका वस्तु निर्यात गरेको थियो भने भारतबाट करिब ८.३२ अर्ब अमेरिकी डलर बराबरका वस्तु आयात गरेको थियो ।

व्यापार असन्तुलन घटाउन नेपाली उत्पादनको निर्यात क्षमता बढाउनुका साथै उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न आवश्यक रहेको श्रेष्ठले बताए । व्यापार नीतिमा पूर्वानुमानयोग्यता कायम गर्दै व्यवसाय सञ्चालनको लागत घटाउन सके दुवै देशका व्यवसायी तथा उपभोक्ता लाभान्वित हुने उनको भनाइ छ ।

नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरणमा समस्या भोग्नुपरेको उल्लेख गर्दै श्रेष्ठले नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरो (बीआईएस) बीच प्रभावकारी समन्वय हुनुपर्ने बताए । विशेषगरी स्टिल, जुत्ता र प्लाइवुडजस्ता उत्पादनको प्रमाणीकरणमा हुने ढिलाइले नेपाली उद्योगी व्यवसायी प्रभावित भएको उनले उल्लेख गरे । बीआईएसको प्रमाणपत्र प्राप्त गर्न ६ महिनादेखि एक वर्षसम्म लाग्ने र प्रमाणपत्र प्राप्त हुँदासम्म नवीकरणको समय नजिकिने अवस्थाले उद्योगीलाई निरुत्साहित गरेको उनले बताए ।

त्यसैगरी, नेपाली जुटजन्य उत्पादनमा हालै लगाइएको प्रतिडम्पिङ शुल्कले नेपालको जुट उद्योगको वृद्धि र प्रतिस्पर्धात्मक क्षमतामा असर पारेको श्रेष्ठले बताए । यस्ता समस्या समाधान गर्न दुवै देशका सरकारबीच उच्चस्तरीय समन्वय आवश्यक रहेको उनको भनाइ छ । श्रेष्ठले नेपालले जलविद्युत्, विद्युत् प्रसारण पूर्वाधार, पर्यटन, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगमा भारतीय लगानीलाई स्वागत गर्ने पनि बताए । स्पष्ट नीति, बलियो प्रसारण पूर्वाधार र दीर्घकालीन लगानीको सुनिश्चितता गर्न सके भारततर्फ विद्युत् निर्यात बढाउनुका साथै स्वदेशमै रोजगारी सिर्जना र राजस्व वृद्धि गर्न सकिने उनले उल्लेख गरे । उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन व्यापार सहजीकरण, लगानीमैत्री वातावरण र नीतिगत समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#भारत #वाणिज्य #द्विपक्षीय
Compare →
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #पहल
Compare →

Related Stories

Business & Economy
Build #2611