Trending
Prev Story
Next Story

‘कबड्डी ५’ ले तीन दिनमा पाँच करोड बढी कमायो

Nagarik News •
October 27, 2026 • 05:56 AM
1
1 reads 0 reactions

दसैँको बिदा पारेर चार वटा नयाँ नेपाली चलचित्रहरुको सिक्वेल प्रदर्शनमा आयो।

‘कबड्डी ५’ ले तीन दिनमा पाँच करोड बढी कमायो

दसैँको बिदा पारेर चार वटा नयाँ नेपाली चलचित्रहरुको सिक्वेल प्रदर्शनमा आयो। तर बक्स अफिसमा भने ‘कबड्डी ५’ को तीन दिनको कलेक्सनले दसैँ ल्याएको छ।

कार्तिक ६ गतेदेखि प्रदर्शनमा आएको बाबुराम गुरुङको निर्माण तथा लेखनमा तयार चलचित्र ‘कबड्डीः ५ आफ्टर द फाइलन म्याच’ ले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँको कलेक्सन गरेको छ। यो विवरण निर्माण पक्षले सार्वजनिक गरेको हो। जहाँ असोज ३०, ३१ देखि नै प्रदर्शनमा आएका चलचित्रले समेत एक हप्तामा पाँच करोड कटाउन सकेको छैन। ‘कबड्डी ५’ देशैभर ३ सय भन्दा बढी शो पाएको निर्माण टिमले जनाएको छ।

यसैबीच सिनेमाका कलाकार, निर्देशक तथा निर्माताहरू देशैभर छरिएर हल भिजिटमा दर्शक साक्षात्कार गरिरहेका छन्। यसमा छन्दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।

प्रकाशित: १० कार्तिक २०८३ ११:४१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
4d ago
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी …

#कबड्डी #प्रदर्शन
Compare →
Hamro Patro News
4d ago
चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म

चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणः पार्ट–१’ले प्रदर्शनको चार दिनमै विश्वभरबाट ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा आक्रामक देखिएको फिल्मले च...

#प्रदर्शन #कमायो
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612