Trending
Prev Story
Next Story

नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

Nagarik News •
October 27, 2026 • 06:37 AM
1
1 reads 0 reactions

सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।

नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन्।

सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।

नेतन्याहुले पूर्वसैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन्।

कुनै पनि दलले एक्लै बहुमत ल्याउने सम्भावना नरहेकाले सरकार गठनका लागि गठबन्धन र लामो वार्ता आवश्यक हुन सक्छ। अरब नेतृत्वका दलहरू निर्णायक बन्न सक्नेछन्।

नेतन्याहुका समर्थकले उनलाई युद्धको नेतृत्व गर्न सक्ने अनुभवी राजनीतिज्ञ र यहुदी पहिचानका रक्षकका रूपमा हेर्छन्।

तर विपक्षीहरूले भ्रष्टाचारसम्बन्धी मुद्दा, गाजाको युद्ध र बन्धक सङ्कटलाई लिएर उनको आलोचना गर्दै स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाएको तथा अति–रूढिवादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिएको आरोप लगाएका छन्।

निर्वाचनमा इरानसँगको तनाव र इजरायलको अन्तर्राष्ट्रिय छवि पनि महत्त्वपूर्ण विषय बनेका छन्। गाजा र पश्चिम किनारमा इजरायलको व्यवहार तथा यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाका कारण अन्तर्राष्ट्रिय आलोचना बढेको छ।

अमेरिकामा इजरायलप्रतिको सार्वजनिक समर्थन घटेको छ भने युरोपका केही साझेदारले प्रतिबन्ध लगाएका छन्।

आइसेनकोटका समर्थकले उनलाई सुरक्षा क्षेत्रको अनुभव भएको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्। गाजामा उनका छोरा र दुई भतिजाको मृत्यु भएको छ।

उनलाई समर्थन गर्न सक्ने दलहरूले न्यायपालिकाको स्वतन्त्रता सुदृढ गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने र अति–रूढिवादी पुरुषलाई पनि सैनिक सेवामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्।एपी

प्रकाशित: १० कार्तिक २०८३ १२:२२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेत...

#नेतन्याहु #नेतृत्व
Compare →
Onlinekhabar
1w ago
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

१७ कात्तिक, कर्णाली । ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली …

#इजरायली
Compare →

Related Stories

World News
Build #2612