Trending
Prev Story
Next Story

निफ्राको नाफामा २० प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

Arthasansar •
October 27, 2026 • 05:33 AM
1
1 reads 0 reactions

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफामा २० प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को...

निफ्राको नाफामा २० प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफामा २० प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपष्किृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २०.१६ प्रतिशतले घटेको हो ।

बैंकले असोज मसान्तसम्म १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २० करोड ८५ लाख ४० हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढेकाले नाफामा दबाब असर परेको हो । यद्यपि बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि गरेको छ ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको ब्याज खर्च भने १.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानी घट्नु र खर्च बढ्नुका कारण बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँमा झरेको छ । बैंकको शुल्क तथा कमिसनबाट हुने आम्दानी भने ५८.४५ प्रतिशतले बढेर २ करोड १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ करोड २७ लाख ४० हजार रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकको कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम २१५.४८ प्रतिशतले बढेर ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो रकम १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ५४.०४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थियो ।

त्यस्तै बैंकको कर्जा प्रवाह ३०.५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ५.५० प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँमा रहँदा जगेडा तथा कोष ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासिकमा ३ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Bizshala
1w ago
दोल्ती पावरको नाफा ३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

दोल्ती पावरको नाफा ३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५७ लाख ८० हजार रुपैयाँ खुद...

#नाफा #सूचक
Compare →
Nagarik News
1w ago
धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

#गिरावट
Compare →
Hamro Patro News
1w ago
अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा

अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा

काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि सेयर बजारमा भारी गिरावट आएको छ । यसबाट अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीहरूको बजार मूल्यमा सयौँ अर्ब डलरको क्षति पुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई...

#गिरावट
Compare →
Onlinekhabar
3d ago
एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

२४ कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला …

#गिरावट
Compare →

Related Stories

Business & Economy
Build #2611